रौतहट, साउन ०४ – नदीको छेउमा जमेको पानीमा डुबेर रौतहटको लालबकैया दुई बालिकाको मृत्यु भएको छ ।देवाही गोनाही नगरपालिका–५, टिकुलिया निवासी ८ वर्षीया निरुताकुमारी साह र सोही ठाउँकी ८ वर्षीया पिंकीकुमारी साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घरबाट बाख्रा चराउन गएका उनीहरुको नदीछेउको जमेको पानीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो ।
