प्रधानमन्त्रीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारीले छर्लङ्ग भयो

एटुजेड समाचार

पोखरा, साउन ०४ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारी र फलफूलबाट छर्लङ्ग पारेको बताएका छन् । शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषद्को पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै उनले वर्तमान सरकार अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप पनि लगाएका छन् । उनले सरकारले ल्याएका विधेयकहरुसमेत अधिनायकवादतर्फ केन्द्रित रहेको टिप्पणी गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू