टी–२० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्न सिंंगापुर पुग्यो नेपाली टोली

एटुजेड समाचार

साउन ०४ – आईसीसी टी–२० विश्वकप एसिया फाइनल क्वालिफायर खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंंगापुर पुगेको छ ।मलेसियामा १० दिनको तयारीपछि नेपाली टोली शनिबार उतैबाट सिंगापुर गएको हो ।

सिंगापुर र मलेसियाको मौसम उस्तै भएकोले नेपालले यसपटक मलेसियामा तयारी गरेको थियो । सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि एसियाको फाइनल राउण्डको क्वालिफायर यही जुलाई २२ देखि २८ तारिखसम्म हुँदैछ । जसमा एसियाका ५ राष्ट्रले

राउण्ड रोबिन लिगको आधारमा खेल्नेछ्न् । नेपालले क्वालिफायरको पहिलो खेल आउने मंगलबार कतारसँग खेल्नेछ । यस्तै जुलाई २४ मा मलेसिया, जुलाई २७ मा कुवेत र जुलाई २८ मा घरेलु टोली मलेसियासँग खेल्नेछ । शीर्ष स्थानमा रहने टोली युएईमा अक्टोबर–नोभेम्बरमा हुने ग्लोबल क्वालिफायरको लागि छनोट हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू