‘हाम्रो दृष्टि राम्रो दृष्टि’ को नवौ साप्ताहिक घुम्ति सरसफाई

चितवन, साउन ४ :बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था ‘हाम्रो दृष्टि राम्रो दृष्टि’ ले आफ्नो नवौ साप्ताहिक घुम्ति सरसफाई अभियान पर्यटकीय सम्भावनाले भरिपुर्ण चितवनको शक्तिखोरमा अवस्थित ठूलो झरनामा सम्पन्न गरेको छ । अभियानको नवौ शृङ्खलासम्म आइपुग्दा संस्थाले भरतपुरका हरेक चोक चोकमा आफ्नो अभियानलाई सफलतापुर्बक सम्पन्न गरेको र उक्त अभियानलाई थप फराकिलो बनाउदै पर्यटकीय, एतिहासिक, साँस्कृतिक दृस्टिकोणले महत्त्वपूर्ण मानिएका स्थानहरुमा समेत बिस्तार गरिएको संस्थाका सचिव रोहन बगाले बताउछन।
हाम्रा सम्पदाहरुलाइ सफा, सुन्दर र थप लोभलाग्दो बनाउदै पर्यटन बर्ष २०२० लाई समेत सफल पार्नका लागि सचेतना मुलक कार्यक्रम सहित यो सरसफाई अभियान शक्तिखोर स्थित उक्त लामो झरनामा गरिएको संस्थाका अध्यक्ष बसन्त गैरेले बताए । जेष्ठ २२ गते विश्व वातावरण दिवश मनाउने क्रममा यस अभियान शुरु गरीएको भएतापनि निरन्तर अघि बढाउने घुम्ती सरसफाइ अभियानका कार्यक्रम संयोजक सुबिन बगालेको सोच रहेको छ।”हाम्रो दृस्टी राम्रो दृस्टी” संस्थाले सरसफाईसंगै बिभिन्न परोपकारी कार्यहरु पनि गर्दै आएको छ।
तपाइँको प्रतिक्रिया