चितवनमा निर्माण हुँदै नेपालकै पहिलो मिनी पानीजहाज, दशैं अघी नै नारायणी नदीमा चल्ने

एटुजेड समाचार

चितवन, साउन ०४ – नेपालमा पहिलो पटक निर्माणधिन रिभर क्रुज शिप (मिनी पानीजहाज ) दशैं अघी नै सन्चालनमा आउने भएको छ । राइनो वाटर ईन्टरटेन्मेट प्रा.लि ले भरतपुर १६ मा रहेको ज्ञानेश्वर सामुदायिक बनको काभ्रेघाटमा निर्माण गरिरहेको रिभर क्रुज शिप दशैं अघी नै सन्चालनमा आउने शनिबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

करिब ३७ करोडको लगानीमा निर्माण भईरहेको क्रुजको काम तिब्र गतीमा भईरहेको छ । दशैं अगाडि नै स्वदेशी तथा विदेशी पर्यटकहरुलाई क्रुजिङ्ग गराउने उद्देश्यले काम अगाडि बढिरहेको प्रबन्ध निर्देशक राम चन्द्र कडेंलले जानकारी दिए ।

पर्यटन बर्ष २०२० लाई मध्यानजर गर्दै निर्माण भईरहेको क्रुजका लागि विश्वका उत्कृष्ट प्राविधिकहरु प्रयोग गरिएको उनले बताए । यो क्रुज निर्माण गरिरहेका प्राविधिकहरुले यस अघी भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुर अगायतका देशमा पनि सफलता पुर्वक काम सम्पन्न गरिसकेका छन् । १०० फिट लम्बाई र २५ फिट चौडाई रहने यस क्रुजको क्षेमता २०० जनाको रहने बताईएको छ ।

क्रुज र सेवाग्राहीको सुरक्षा तथा बातावरणिय संरक्षणमा बिशेष साबधानी अपनाउदै निर्माण कार्य भईरहेको बताईएको छ । निर्माणाधिन क्रुज हाललाई पर्यटकिय प्रयोजनका लागि मात्र सन्चालन हुने निर्देशक कडेंलले जानकारी दिए । क्रुजलाई तीन सिफ्टमा सन्चालन गरिने उनले बताए ।

बिहान ब्रेकफास्ट सँगै नदीमा सयर गर्न चाहनेहरुको लागि ब्रेकफास्ट क्रुज, अपरान्ह खाना नै क्रुजमा खाँदै नदीको सयर गर्न चाहनेहरुको लागि लन्च क्रुज र साँझमा डिनर क्रुजमै खाँदै सयर गर्न चाहनेहरुको लागि डिनर क्रुज गरी तीन सिफ्टमा सन्चालन हुनेछ । काभ्रेघाटबाट यात्रा शुरु भई देवघाट पुगी गोलाघाट सम्म सन्चालन हुने प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ ।

क्रुज सिपको संचालनका लागी हाललाई आवश्यक क्रिउ मेम्बर र प्राविधिक बिदेशी हुने बताईएको छ । दिर्घकालिन रुपमा भने नेपालमा दक्ष जनशक्ति उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र संचालन गर्ने योजनामा रहेकोले बताईएको छ । क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट निर्माण भइरहेको कंडेलले बताए ।

क्रुज सन्चालनमा आए पछी लाखौं पर्यटकलाई नेपाल भित्र्याउन सकिने र यसले राष्ट्रकै अर्थतन्त्रमा ठुलो टेवा पुग्ने कंडेलको विश्वास छ । यसले नेपालमा जल यातायातको सम्भाव्यतामा प्राविधिक आधार तयार पार्ने समेत उनको विश्वास रहेको छ । उनले नेपाल सरकारका बिद्यमान कानुनी व्यवस्था अनुसार पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० बमोजिम सन्चालनको अनुमती प्राप्त गरिसकेको समेत जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु