अक्षर साहित्य प्रतिष्ठानले चितवनका पत्रकार सहित साहित्य लेखकलाई सम्मान गरे

चितवन ,साउन ४ – अक्षर साहित्य प्रतिष्ठानले चितवनका पत्रकार सहित साहित्य लेखकलाई सम्मान गरेको छ । साहित्य प्रतिष्ठान लम्की , कैलालीको आयोजनामा आज चितवन साहित्य परिषद् को सभाहलमा अन्नपूर्ण पोष्टका चितवनका संवादाता साथै प्रेस युनियनका अध्यक्ष पत्रकार अनिल ढकाल र कार्याकैरन दैनिक पत्रिकाका साहित्य सम्पादक लेखराम सापकोटा सहित सष्टा प्रोत्साहनकी अर्पणा कार्कीलाई प्रमाणपत्र र दोस्सलाले सम्मान गरिएको छ ।
उनिहरुलाई साहित्य र सामाजिक दुवै क्षेत्रमा राम्रो लेखक र असल काम गरेका भनी सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि चितवन गजल मन्चका साहित्यकार प्रभाकर पण्डित रहेका छन् ।
कार्यक्रममा पोखराका सरोज संगम र सरला जोशिले कविता वाचन गरेका थिए, भने विपी खनाल र रोमा लम्सालले मुक्तक वाचन गरेका थिए । अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको सभापतित्वोमा भएको कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तिहरुले गजल तथा रचना वाचन गरेका थिए ।
तपाइँको प्रतिक्रिया