डर्टमन्डसँग हार्यो लिभरपुल

साउन ०४ – जर्मन क्लब बोरुसिया डर्टमन्डले च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुललाई प्रि सिजन अघिको मैत्रीपुर्ण खेलमा हार चखाएको छ । मैत्रीपुर्ण खेलमा डर्टमन्डले लिभरपुललाई ३-२ को हार चखायो ।प्रतिस्पर्धात्मक खेलमा डर्टमन्डलाई जिताउन पाको अल्कासेर, थोमस डिलाने र जाकव ब्रन लार्सेनले गोल गरे ।
लिभरपुलका लागि ह्यारी विल्सन र रिहान ब्रिस्टरले गोल गरे । डर्टमन्डले खेलको तेस्रो मिनेटमा नै लिभरपुल बिरुद्द अग्रता बनाएको थियो । उसका लागि पाको अल्कासेरले पहिलो गोल गर्दै १-० को अग्रता दिलाए । तर पहिलो हाफमा नै लिभरपुल खेलमा फर्कियो । खेलको ३५ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै लिभरपुलमा खेलमा फर्काए । पहिलो हाफको खेल १-१ को बराबरीमा सकियो ।
दोस्रो हाफमा डर्टमन्डले थप २ गोल गर्दा लिभरपुलले भने १ गोल फर्कायो । खेलको ५३ औं मिनेटमा थोमस डिलाने गोल गर्दै फेरी डर्टमन्डलाई २-१ को अग्रता दिलाए । त्यसको ५ मिनेट लगत्तै डर्टमन्डले फेरी अर्को गोल गर्यो । ५८ औं मिनेटमा जाकव ब्रन लार्सेनले गोल गर्दै डर्टमन्डलाई ३-१ को अग्रता दिलाए । रिहान ब्रिस्टरले लिभरपुलका लागि खेलको ७५ औं मिनेटमा गोल गरेर अग्रता ३-२ मा झारे पनि हार भने टार्न सकेनन् । प्रि सिजनमा लिभरपुलको यो पहिलो हार हो । एजेन्सी
तपाइँको प्रतिक्रिया