अल्जेरिया बन्यो अफ्रिकन च्याम्पियन

एटुजेड समाचार

साउन ०४ – प्रतिस्पर्धात्मक खेलमा सेनेगललाई पाखा लगाउदै अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । अफ्रिकन कप अफ नेसन्स अन्तर्गत गए राती सम्पन्न फाइनल खेलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरिया च्याम्पियन बनेको हो ।

अल्जेरियाको यो दोस्रो अफ्रिकन कप अफ नेसन्सको उपाधि हो । उसले यस अघी सन् १९९० मा पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको थियो । पहिलो उपाधी जितेको २९ बर्ष पछी अल्जेरिया फेरी च्याम्पियन बनेको हो ।प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल गर्दै अग्रता लिएको थियो । बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लागेर गोलमा परिणत भयो । उक्त गोल नै अल्जेरियालाई च्याम्पियन बन्नको लागि पर्याप्त रह्यो ।

खेल अवधिभर दुबै टिमले बाँकी समयमा कुनै गोल गरेनन् । दुबै टोलीले राम्रो खेल प्रस्तुत गरेपनी पोष्टमा खास्सै प्रहार गर्न सकेनन् । पहिलो गोल पछी अल्जेरियाले रक्षात्मक खेल प्रस्तुत गर्‍यो । अल्जेरियाको रक्षापंती चिरेरे गोल गर्न सेनेगल असफल रह्यो ।

दोस्रो हाफमा सेनेगल खेलमा फर्कने आशा जागेको थियो । रेफ्रीले शुरुमा सेनेगलमा पेनाल्टी दिएका थिए । तर पछी भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिदै रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेपछी सेनेगल निराश भयो । पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधी जित्ने लक्ष्यमा रहेको सेनेगलले बाँकी समयमा पनि कुनै गोल गर्न सकेन र उपाधी अल्जेरिया सुम्पिन वाध्य भयो । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू