चितवन जिल्ला अदालतमा मुद्दा बढ्दो र फर्छयौट घट्दो

चितवन, साउन ०३ – चितवन जिल्ला अदालतमा पछिल्लो वर्ष मुद्दा बढ्दै र फर्छयौट घट्दै गइरहेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अदालतमा पछिल्लो वर्ष मुद्दाको चाप बढ्दै र फर्छयौट घट्दै गईरहेको बताईएको हो । मुद्दा बढ्दा फर्छयौट पनि बढ्नु पर्ने भए पनि घट्दै गईरहेको जिल्ला न्यायधिश विनोदकुमार गौतमले बताए ।
गत आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्क हेर्दा अदालतमा ६० प्रतिशत मात्रै मुद्दा फर्छयौट भएको छ । यो अघिल्लो बर्षको तुलनामा ९६५ प्रतिशतले कम हो । गत आर्थिक बर्ष २०७४/७५ मा ६९.६५ प्रतिशत मुद्दा फर्छयौट भएको थियो । फर्छयौट घट्दा मुद्दा भनेको बढेको छ । अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा तीन हजार पाँच सय २६ मात्रै मुद्दा दर्ता हुँदा २०७५/७६ मा तीन हजार ९ सय २१ मुद्दा दर्ता भएको थियो ।
जिल्ला न्यायधिश गौतमले मुद्दाको चाप बढ्दा परिवर्तित नियम कानुनले गर्दा मुद्दा फर्छयौटमा कमी आएको बताए । उनले नयाँ कानुनी व्यवस्थापनको कारण अदालतमा समस्या देखिएको बताएका छन् ।
तपाइँको प्रतिक्रिया