काठमाडौं, साउन ०३ – राष्ट्रियसभा बैठकले बाढी–पहिरोपीडितको उद्धार, राहत वितरण तथा पुनःस्थापनका लागि तत्काल प्रभावकारीरुपमा काम गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।शुक्रबार बसेको बैठकले सरकारको काम प्रभावकारी नभएको भन्दै प्रभावकारिता बढाउन पनि भनेको छ ।लगातारको बर्षा पछीको बाढी पहिरोमा परी ९० जनाको निधन भएको छ । यस्तै २९ जना अझै बेपत्ता रहेका छन् भने
तीन हजार ३०० जनालाई उद्धार गरिएको छ । बाढी पहिरोमा परी १३ हजार घरपरिवार विस्थापित भएको सरकारी आँकडा छ ।यही विषयमा विपक्षीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दलले पनि बिहीबार नै प्रस्ताव दर्ता गराएका थिए ।प्रस्तावलाई राष्ट्रियसभाले साझा बनाउँदै सर्वसम्मतिबाट पारित गरेको हो ।