युवती माथि बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

रौतहट, साउन ०३ – युवती माथि बलात्कार गरेको आरोपमा रौतहटमा एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।बारा जिल्लाकाे महागढिमाई नगरपालिका घर भई हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई युवती माथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रपुरले पक्राउ गरेको हो ।
साहले गत असार ३१ गते चन्द्रपुर नगरपालिकामा रहेको माउण्ट एरिवा गेष्ट हाउसमा एउटी २० वर्षीय युवतीलाई बलात्कार आरोप लागेकाे थियाे ।जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी अभियाेगमा ५ दिनको म्याद थप गरी आवश्यक प्रहरी नायब उपरीक्षक कबित कटुवालले पक्राउ परेका साहमाथि म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको बताए ।
तपाइँको प्रतिक्रिया