जापानिज क्लब सँग स्तब्ध भयो चेल्सी

साउन ०३ – प्रि–सिजन अघिको मैत्रीपुर्ण खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीलाई जापनिज क्लब कावासाकी फ्रन्टालेले स्तब्ध पारेको छ ।शुक्रबार जापानमा भएको खेलमा चेल्सी कावासाकीसँग १–० ले स्तब्ध भयो ।
जापानको जितमा लियान्द्रो डामियोले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दुबै टोलीले केही अवसर खेर फालेका थिए । तर खेल सकिन ४ मिनेट बाँकी रहँदा कावासाकीका डामियोले जापानमा लागि गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो र जापान १-० ले बिजयी भयो ।
प्रि–सिजनको दोस्रो खेलमा पनि चेल्सीले जापानी लिग जे लिगको दोस्रो स्थानमा रहेको क्लबलाई दवावमा राखेपनि गोल गर्न असमर्थ बन्दा पराजित हुन पुग्यो ।अब चेल्सीले २३ जुलाईमा क्याटलान क्लब बार्सिलोनासँग खेल्दैछ । एजेन्सी
तपाइँको प्रतिक्रिया