सूर्यप्रसाद अधिकारी, साउन ३ चितवन । जिल्ला ट्राफिक कार्यालय, चितवनबाट गत आर्थिक बर्ष ०७५, ०७६मा ३ करोड ७ लाख ६६ हजार ५सय रुपैयांँ राजश्व संकलन भएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा मादक पदार्थ सेवन गरेर चलाएका ६सय ५७ वटा सवारीबाट ६ लाख ६८ हजार ५सय रुपैयांँ संकलन भएको छ । यसैगरी सवारी नियम विपरीत ओभरलोड गरी कारवाही गरिएका ७ हजार ८सय ४५ वटा सवारीबाट ६२ लाख ९९ हजार रुपैयांँ ,सिटवेल्ट र हेल्मेट नलगाएका २ हजार ८८ चालकबाट १७ लाख १ हजार रुपैयांँ ,कागजजात साथमा नभएका ६ हजार ५ सय ५८ वटा सवारीबाट ३२ लाख ७९ हजार राजश्व संकलन भएको छ ।
यसैगरी सवारी चालक अनुमति पत्र नभएका ५ हजार ९सय ६१ चालबबाट ५९ लाख ६१ हजार , सिट क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार २ सय २५ सवारीबाट १२ लाख ३१ हजार रुपैया संकलन भएको छ । यसैगरी सवारी प्रयोजन विपरीत लगेज लोड गर्ने ७ सय ४७ सवारीबाट ७ लाख २८ हजार ५सय रुपैयांँ र तीब्र गतिमा सवारी कुदाउने ६ सय ७४ सवारी साधनबाट ५ लाख २० हजार पांँच सय बत्तीको चेकजांँच गरिएका ३७२ सवारी साधनबाट २ लाख ९२ हजार र अन्य १३ हजार ९सय २ सवारी कारवाहीबाट १ करोड ४६ लाख रुपैयांँ राजश्व संकलन भएको छ । गतबर्ष चितवनमा जम्मा ४० हजार २९ सवारी कारवाहीमा परेका थिए ।
अघिल्लो बर्ष ट्राफिक कार्यालयले सबै शिर्षकमा कारवाही गरिएको सवारीबाट ३ करोड ३६ लाख ८७ हजार पांँच सय राजश्व सकलन गरेको थियो र सो बर्षमा ४५ हजार १सय ५० सवारी कारवाहीमा परेका थिए ।
दुर्घटना बढे, राजश्व घट्यो
एक बर्षको अवधिमा जिल्लामा सवारी दुर्घटनाको सख्या बढ्दै गएको छ । तर सवारी नियम उल्लंघन गर्ने सवारी भने घटेका छन । कार्यालयका प्रमुख चन्द्र कुमार गिरीका अनुसार बिशेषगरी हलुका र दुईपांग्रेका सवारी दुर्घटना बढी भएको छ । गतबर्ष जिल्लामा भएका २सय ९५ वटा सवारी दुर्घटना मध्ये १४६ जनाले ज्यान गुमाएका छन । अघिल्लो आर्थिक बर्ष २७१ वटा दुर्घटना भएको मध्ये १३२ जनाले ज्यान गुमाएका थिए ।
सवारीको कारवाहीको संख्या कम भएका कारण पनि राजश्व सकलनमा कमी आएको गिरीले जानकारी दिनु भयो । यसबर्ष जिल्लामा सवारी सुरक्षा र ट्राफिक नियम सम्बन्धी कार्यक्रम धेरै नै गरिएकोले गतबर्ष सवारी कारवाहीको संख्या पनि कम हुदै गएको गिरीको भनाई छ । सडकको अवस्था, सवारी यान्त्रिकरणको कारणबाट पनि दुर्घटनाको अनुपात घटबढ हुने उहांँले बताउनु भयो । कार्यालयका अनुसार अघिल्लो बर्ष ३ करोड ३६ लाख ८७ हजार ५सय रुपैयांँ राजश्व संकलन भएको थियो भने गतबर्ष ३ करोड ७ लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व मात्र संकलन भएको छ ।

