पुष्प बिना बाँच्न सक्दिनन् साम्राज्ञी (भिडियो सहित)

चितवन, साउन ०३ -अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले अभिनेता पुष्प बिना बाँच्न नसक्ने बताएकी छिन् । साम्राज्ञीले पुष्प आफ्नो एक मात्र साहरा भएकोले उनी बिना बाँच्न नसक्ने बताएकी हुन् । तर नझुक्किनुहोस् यो रियल लाइफ नभई रिल लाइफको कुरा हो ।
साम्राज्ञी र पुष्पले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको चलचित्र ‘मारुनी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । जुन गीतमा साम्राज्ञीले आफु पुष्प बिना बाँच्न नसक्ने भाव प्रकट गरेकी छिन् । सार्वजनिक ‘सक्दिन म बाच्न तिमी बिना’ बोलको रोमान्टिक गीतमा साम्राज्ञी र पुष्प फिचर्ड रहेका छन् । गीतमा साम्राज्ञी र पुष्प निकै रोमान्टिक मुडमा रहेका छन् । गीतको भिडियोमा साम्राज्ञी र पुष्प एक अर्काको प्रेममा डुबेको प्रष्ट देख्न सकिन्छ ।
सुरेश वाग्लेको शब्द रहेको गीतलाई मेलिना राईले आफ्नो समधुर आवाजले भरेकी छिन् । गीतमा अर्जुन पोखरेलले संगीत रहेको छ भने बाबु प्रधानको संगीत संयोजन रहेको छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’ भाद्र १३ गते प्रदर्शन हुँदैछ ।
पुनम गौतामले निर्माण गरेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा साम्राज्ञी र पुष्पको अलावा रेबिका गुरुङ, आयुष प्रधान,अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन्। राज प्रधान, दर्शन केसी र मिना क्षेत्री सह-निर्माता रहेको चलचित्रमा गोबिन्द फुयाल र निर्देशक नेपालको कथा रहेको छ ।
सञ्जय लामाले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दिपक बज्रचार्य, अर्जुन पोख्रेल र कृष्ण काफ्लेको संगीत रहेको छ । चलचित्रको यस अघी ‘जाम न माया जाम’ बोलको डान्सिङ गीत रिलिज भएको थियो । उक्त गीतले निकै चर्चा पाउनुको साथै चलचित्र हाइप समेत बढाईरहेको छ ।
तपाइँको प्रतिक्रिया