‘एकलब्य’ को ‘मलाई बनायौ किन’ मा सोनाम र ओशिनको रोमान्स (भिडियो सहित)

एटुजेड समाचार

चितवन, साउन ०३  – प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्र ‘एकलब्य’ ले आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ । श्रावण १० गतेको प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रमा समावेश ‘मलाई बनायौ किन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो । यस अघी ‘पुर्वै चल्ने रेल’ बोलको गीत सार्वजनिक भएको करिब ३ हप्ता पछी ‘मलाई बनायौ किन’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक रोमान्टिक गीतमा सोनाम थापा मगर र ओशिन भट्टराई फिचर्ड रहेका छन् । गीतको भिडियोमा सोनाम र ओशिनको रोमान्स देख्न सकिन्छ । गीतमा युवराज चौलागाई र चर्चित गायिका मेलिना राईको आवाज रहेको छ । गीतमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ भने सैलेन्द्र प्रधान (बाबु) को संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा फिचर्ड सोनाम र ओशिनलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । पारिवारीक प्रेम कथामा आधारित चल्चित्र ‘एकलब्य’ लाई अनमोल शर्माले निर्देशन गरेका हुन् । सोनाम थापा मगर निर्मित चलचित्रमा सोनाम र ओशिनको अलावा पुष्कर राउत, महिमा सिलवाल, सुशिल पोख्रेल, सुष्मा कार्की लगायतको पनि अभिनय रहेको छ ।

अभी थापा मगर कार्यकारी निर्माता रहेको चलचित्रलाई कृष्ण श्रेष्ठले खिचेका हुन् भने अर्जुन गिसीले सम्पादन गरेका हुन् । चलचित्र ‘एकलब्य’ अभी फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।भोजराज देवकोटाको पटकथा रहेको चलचित्रमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । चलचित्रमा कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको एक्सनले भरिपूर्ण ट्रेलर अघी दिन अघी मात्रै रिलिज भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु