साउन ०३ – क्याटालन क्लब बार्सिलोना आफ्नो पुर्व स्टार नेयमार भित्र्याउने कसरत गरिरहेको छ । हालै मात्र एथ्लेटिको मड्रिडका स्टार एन्टोइन ग्रिज्मन भित्र्याएको बार्सिलोना नेयमारलाई पनि भित्र्याउदै आउदो सिजनको लागि आफ्नो टिम बलियो बनाउने योजनामा रहेको छ ।
बार्सिलोनाले ब्राजिलियन स्टार नेयमारका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) सामु बिभिन्न प्रस्ताव राखिसकेको छ । तर पिएसजीले भने बार्सिलोनाको सबै जसो प्रस्ताव अस्विकार गरिरहेको छ । यसै क्रममा बार्सिलोनाले पिएसजी सामु फेरी नयाँ प्रस्ताव पेश गरेको छ ।


ग्रिज्मनलाई अनुबन्ध गरे पछी बार्सिलोनाले नेयमार भित्र्याउदैन भन्ने चर्चा चलिरहेकै बेला उसले नयाँ प्रस्ताव राखेको हो । स्रोतका अनुसार बार्सिलोनाले नेयमारका लागि १०० मिलियन युरो र आफ्ना २ खेलाडी दिने प्रस्ताव गरेको छ । उसले पिएसजीलाई सम्झौतामा सामेल गर्न सकिने ६ खेलाडीको लिस्ट समेत दिएको बताईएको छ । जसमा इभान राकिटिक, फिलिपे कौटिन्हो, उस्मान डेम्बेले, नेल्सन सेमेडो र माल्कम रहेका छन् । अर्को एक खेलाडीको नाम भने सार्वजनिक गरिरेको छैन ।
पिएसजीले भने २७ बर्षिय नेयमारको लागि २२० मिलियन युरो भन्दा बढीको माग गरेको छ । उसले नेयमारलाई २२० मिलियन युरोमा बार्सिलोनाबाट नै भित्र्याएको थियो । नेयमारले पनि पिएसजी छोड्ने सोच बनाईसकेका छन् । तर पिएसजी भने उनलाई सम्झाएर क्लबमै राख्ने योजनामा रहेको छ । एजेन्सी