साउन २,ढाका (बंगलादेश) । दक्षिणी एशियाका करीब ६० लाख मानिसलाई बाढीको खतरा रहेको रेडक्रसले बताएको छ । रेडक्रसको अन्तरराष्ट्रिय महासंघका दक्षिण एशिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले बाढीको प्रकोपका साथै विस्थापित तथा मृत्यु हुनेको संख्या प्रतिदिन बढिरहेको बताएका हुन् ।
यही हिसाबले अरू केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एशियाली देशका कम्तीमा ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पु¥याउन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।
केही दिनयता दक्षिण एशियाका प्रायः देशहरूमा ठूलो बाढी आएको छ । प्राप्त समाचार अनुसार भारतको एक राज्यमा मात्रै १० लाख नागरिक विस्थापित भएका छन् । सरकारले रेडक्रसको अन्तरराष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिसकेको छ ।
बाढीप्रभावित मुलुकमा रेडक्रसको अन्तरराष्ट्रिय महासंघले उद्धार कार्य जारी राखेको छ । त्यस्तै, खाद्यान्न लगायत सहयोग पनि उपलब्ध गराइरहेको छ । मनसून भर्खरै शुुरू भएकाले यसले अझै ठूलो क्षति पु¥याउन सक्ने सम्भावना रहेको रेडक्रसको ठहर छ ।
भारतको आसाममा मात्रै ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा ७५० गाउँ बगाएको छ । त्यसैगरी, नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति पुर्योएको छ । यहाँ बाढीका कारण दर्जनौं नागरिकको ज्यान गएको छ । बंगलादेशमा पनि बाढीले ठूलो असर पु¥याएको छ । जसका कारण यहाँका करीब १४ हजार नागरिक विस्थापित भएका छन् । यहाँ बाढीले ११ हजारभन्दा बढी घर बगाएको छ । रासस÷सिन्हवा