साउन २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीवार डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र विल्ड स्ट्रंग कन्स्ट्रक्शनका सुमित शाहीलाई पक्राउ गरेको छ । आयोगको कार्यालय पोखराबाट गएको टोलीले निजहरुलाई रू. १लाख ७५ हजार घूस सहित पक्राउ गरेको हो ।
कम्प्युटर अपरेटर पौडेल तथा शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बाहनामा सेवाग्राहीसँग घूस माग गरीरहेको बखत डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।