दुबईमा महिनाको ४ हजार दिराम आम्दानी गर्ने विदेशी कामदारले परिवार लैजान पाउने

एटुजेड समाचार

 

२ साउन ,काठमाण्डौ – अब यूएईमा कार्यरत नेपालीसहित अरु विदेशी कामदारले कमाइको आधारमा परिवारलाई पनि आफूसँग राख्न पाउने भएका छन् । माहिनाको चार हजार दिर्हाम कमाउने सबै विदेशी नागरिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम लागू भएको हो ।

कम्पनीले बसोबास निशुल्क उपलब्ध गराएकाको हकमा भने मासिक तीन हजार दिर्हाम आम्दानी हुनेले पनि परिवार लैजान पाउनेछन् । यसअघि यूएईमा परिवार राख्नका लागि मासिक कमाइसँगै पद पनि हेर्ने गरिन्थ्यो । तर अब पदका कारण कुनै पनि विदेशी नागरिकलाई परिवारसँग बिछोड नगर्ने नीति यूएईले बनाएको छ । श्रीमान्/श्रीमती र १८ वषभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउनेछन् ।

यसले लामो समयदेखि परिवारसँग टाढा रहेका विदेशी कामदारलाई सहयोग पुग्ने यूएईको विश्वास छ । पछिल्लो समय यूएई आउनेहरुको लागि कामदार भिसा प्रणालीमा केही नियमहरु परिमार्जन गरिएका छन् ।

यस्तै यूएईले स्थानीय नागरिकलाई कामका पहिलो प्राथमिकता दिने नीति लिएको छ । इहिमालयन टाइम्सबाट

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु