स्टार कप फुटबलको रजत संस्करण भदौ ७ गतेदेखि

माडी, साउन ०३ – हरेक बर्ष तीज पर्वको अवसरमा सञ्चालन हुँदै आएको स्टार कप फुटबलको रजत संस्करण आउँदो भदौ ७ गतेदेखि शुरु हुने भएको छ ।स्टार स्पोर्टस् क्लब, बरुवाको आयोजनामा क्लबको २३ औं साधारणसभा समेतको अवसर पारी रजत अर्थात २५ औं संस्करणको स्टार कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको क्लबका खेल संयोजक अमित लामाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताका खेलहरु बरुवा बजारस्थित स्टार फुटबल खेल मैदानमा हुनेछन् । प्रतियोगिता आयोजना सम्बन्धमा स्टार स्पोर्टस् क्लबको बैठकले खेलको सल्लाहकारहरुमा तुल्सिङ गुरुङ, खिमलाल सुनार, माधब बस्नेत, सुर्य अधिकारी, भरत तिमिल्सिना, छबिलाल भट्टराई, टेकनाथ बराल र कृष्ण पौडेललाई चयन गरेको छ ।
यसैबिच, बरुवा बजारकै उदय फेसन कलेक्सनको आयोजनामा अन्तर माडी अण्डर फोर्टिन फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि भोलि श्रावण ३ गते सम्म समुह दर्ताको समय तोकिएको छ । श्रावण ४ गते साँझ ४ बजेबाट खेलहरु सुरु हुने आयोजक प्रतिष्ठानका सञ्चालक उदयराज तिमिल्सिनाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया