चितवन, साउन ०२ – चलचित्र ‘च च हुई’ को प्रदर्शन मिति लक भएको छ । आर्यन सिग्देल र मिरुना मगरले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको चलचित्र ‘च च हुई’ मंसिर ६ गते प्रदर्शन हुने भएको छ । यसअघि ‘च च हुई’ कात्तिक २९ गते प्रदर्शनमा आउने चर्चा रहेको थियो । तर सोही मितीमा सौगात मल्ल अभिनित ‘माछा माछा’ रिलिज हुने भए पछी ‘च च हुई’ एक हप्ता पछी सरेको हो । ‘माछा माछा’ ले केही दिन अघी मात्र फर्स्ट लुक सँगै रिलिज डेट सार्वजनिक गरेको थियो ।
साम्तेन भुटिया निर्देशित चलचित्र ‘च च हुई’ आर्यन र मिरुनाको अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय रहेको छ ।अमृत घोलेले निर्माण गरेको चलचित्रलाई एफडीले बितरण गर्नेछ । निर्माता घोले र एफडीबीच रिलिज डेटलाई लिएर बिहीवार मात्रै सहमती भएको हो । चलचित्रले दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेमा निर्माण युनिट ढुक्क रहेको छ । चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् ।

