शुक्रबारबाट चितवनमा इसुजुको एक्सचेन्ज अफर

एटुजेड समाचार

चितवन, साउन ०२ – चितवनका लागि इसुजुको आधिकारी विक्रेता अभियान मोटर्सले एक्सचेन्ज अफर गर्ने भएको छ । शुक्रबारबाट शुरु हुने एक्सचेन्ज अफर पाँच गतेसम्म सञ्चालन हुने अभियान मोटर्सका प्रबन्ध निर्देशन बेद प्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार एक्सचेन्ज अफरमा जुनसुकै कम्पनीका गाडीहरु इसुजु कम्पनीका विभिन्न मोडलका गाडीहरुसंग साट्न सक्ने सकिनेछ ।

एक्सचेन्ज अफरमा सहभागी ग्राहकहरुले टेष्ट ड्राइभ,गाडी खरिद र एक्सचेन्जमा विभिन्न आकर्षक उपहारहरु पनि प्राप्त गर्ने उनले बताए । भरतपुर १० बालमन्दिर चोकमा रहेको अभियान मोटर्समा आएर गाडीका बारेमा थप जानकारी लिन सकिने आचार्यले बताए ।इसुजुले सिङगल क्याब,एस क्याब,भि–क्रस र मक्स गाडीहरु बजारमा ल्याएको छ । पछिल्लो समय चितवनको बजारमा इसुजुका गाडी लोकप्रिय छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु