कम्पनी दर्ता गर्दा खसि उपहार

भरतपुर, साउन २ – कम्पनी रजिष्ट्रारको कार्यालय काठमाण्डौबाट हुने सम्पूर्ण कामहरु भरतपुरबाटै गर्नको लागि स्थापना गरिएको ग्राफिक मार्ग प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै दशै विशेष उपहार कार्यक्रम सम्पन्न गरेको छ ।
अब ग्राफिक मार्ग प्रा.लि. भरतपुरबाट कुनै पनि नयाँ कम्पनी दर्ता गर्दा हात खाली नजाने उपहार सहित लक्की ड्र मार्फत एक जनालाई आगामी दशैंमा खसि उपहार दिने योजना ल्याएको हो । दशै विशेष उपहार योजनामा सहभागिता जनाउनको लागि २०७६ साउन १ गते देखि असोज १५ गते सम्म कुनै पनि नयाँ कम्पनी दर्ता गनुपर्ने हुन्छ ।
यो अवधी भित्र कुनै पनि नयाँ कम्पनी दर्ता गर्दा १ थान डिजिटल स्ट्याम्प, १ थान आकर्षक उपहार र साथमा १ थान लक्की ड्र कुपन उपलब्ध गराईने ग्राफिक मार्ग प्रा.लि.का प्रबन्ध निर्देशक जनक खड्काले जानकारी दिए । २०७६ साउन १ गते देखि असोज १५ गते सम्म नयाँ कम्पनी दर्ता गर्ने, कुनै १ कम्पनीका सञ्चालकहलाई लक्की ड्र मार्फत १५ हजार रुपैया बराबरको खसि उपहार दिने उनले बताए ।
यो अवधी भित्र ३ वा ३ भन्दा बढि कम्पनी दर्ता गर्नको लागि एक साथ आएमा प्रत्येक कम्पनीको ५०० प्रति भिजिटिङ कार्ड पनि निशुल्क छपाई गरिदिईने जानकारी दिँदै २०७६ असोज १६ गतेको दिन बिहान १२ बजे लक्की ड्र खोलिने बताए ।
यो अबधीभर दर्ता गर्ने १०० वटा कम्पनीलाई मात्र लक्की ड्र मा सहभागी गराईनेछ । तसर्थ यो योजनामा पहिले आउनेलाई प्राथमिकता दिईनुपर्ने भएको हुँदा कम्पनी दर्ता गर्ने सोच बनाउनुभएका महानुभावहरुलाई छिटो आई आफ्नो सिट सुरक्षित गर्न जानकारी दिँदै खड्काले कम्पनी सम्बन्धी सम्पुर्ण काम गर्न र निशुल्क सो सम्बन्धी परामर्श तथा सहयोग लिनको लागि ग्राफिक मार्गलाई सम्झन आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रिया