तराईको जनजीवन सामान्यतर्फ


स्थानीय अधिकारीले तराईमा सोचेभन्दा फरक किसिमले विपद् निम्तिएको स्मरण गर्दै साधनस्रोतले भ्याएसम्म समन्वयात्मक ढङ्गले उद्धार र राहत वितरणमा लागेको जानकारी गराउनुुुुुुुुुुुुुुुुुुभयो । प्रदेश नं २ का मुुुुुुुुुुुुुुुख्यमन्त्री लालबाबु राउतले प्रदेशको हरेक जिल्लामा तत्कालका लागि रु १० लाखका दरले राहत दिएको र मृतक परिवारलाई रु तीन लाखका दरले राहत दिने निर्णय गरेको उल्लेख गर्नुभयो । उहाँले रौतहटको अवस्था अरु जिल्लाभन्दा चुुुुुुुनौतीपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “पैसाको अभावले कुुनै पनि काम रोकिनुुुुुुुु हुन्न भनेर लागेका छौँ, प्रदेशले मङ्गलबार नै निर्णय गरेर आवश्यक सामग्री खरीद गर्न लगाएका छौँ ।” प्रदेश नं २ मा अहिलेसम्म ३२ जनाको मृत्यु भएकामा सबैभन्दा बढी रौतहटमा मात्रै १० को ज्यान गएको छ । एक लाख १८ हजार घरका सात लाख व्यक्तिहरु प्रभावित भएका छन् । तीन हजार ६५० घरमा पूर्ण क्षति पुगेको छ । लालबकैया र वाग्मतीलगायत साना खहरे खोलालेसमेत क्षति पु¥याएको जनाइएको छ । प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले सबै संयन्त्र परिचालन गरेर आठै जिल्लामा राहत वितरण तीव्र पारिएको बताउनुुभयो । उहाँका अनुसार सडकमा ठूलो क्षति भएकाले तत्कालै पुनःनिर्माणसँगै राहत वितरण थालिएको बताउनुुभयो । “आज उपसचिवकै नेतृत्वमा आठवटै जिल्लामा टोली खटाएर क्षतिको विवरण सङ्कलन र तत्काल राहत वितरणमा लागिएको छ”, सुुवदीले भन्नुुुभयो ।

सप्तरी पनि बाढीले उत्तिकै प्रभावित भएको छ । यहाँ चार हजार ५०० घर बाढी र डुबानबाट प्रभावित भएको जनाइएको छ । प्रमुुख जिल्ला अधिकारी सुुुुुुुरेन्द्र पौडेल यसपटक आँकलन गरिएको भन्दा बेग्लैरुपमा बाढी र डुुबान भएको बताउनुुहुन्छ । त्रियुुगा नदीमा बनाइएको तटबन्ध भत्किएर कटान हुँदा यहाँ ६०० भन्दाबढी घर प्रभावित भएको बताउनुुुुुुभयो । उहाँहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । अन्य क्षेत्रमा एक हजारभन्दा बढी घर प्रभावित छ । गोबरगाडा गाउँ टापुुका रुपमा रहेको उहाँले जानकारी दिनुुुुुभयो । राजविराज, तिलाठीलगायत क्षेत्रमा पनि घर डुबानमा रहेको प्रजिअ पौडेलले जानकारी दिनुुुुभयो । स्थानीय सरकारी अधिकारीले तटबन्ध र सडकमा ठूलो क्षति भएकाले अझै सडक सञ्जाललाई भने सामान्यरुपमा ल्याउन बाँकी नै रहेपछि निर्माण कार्यलाई तीव्रता दिएको जानकारी दिनुुभएको छ ।
तपाइँको प्रतिक्रिया