सामाजिक मर्यादा विपरित प्रहरीको काम : होटेल व्यवसायी संघ चितवन

मोनिका विश्वकर्मा
भरतपुर, साउन ०१ – क्लिन चितवनको नाममा प्रहरीले सामाजिक मर्यादा बिपरितको क्रियाकलाप गरेको होटल व्यवसायी संघ चितवनले आरोप लगाएको छ ।
आज भरतपुर रोयल होटल सेन्चुरीमा होटल व्यवसायी संघ चितवनको आयोजनामा गरेको पत्रकार सम्मेलनमा होटल व्यवसायी संघ चितवनले स्थानिय निकाय प्रशासनको अनुमति बिना प्रहरिले होटलहरुमा प्रवेश गरि सेवाग्राहीहरुलाई पक्राऊ गरेको थियो जसमा आफ्नै श्रीमान श्रीमति, प्रेमि प्रेमिका लगायत होटेल व्यवसायी, होटलमा काम गर्ने कामदार समेतलाई पक्राउ गरि फोटो समेत खिचिएको होटेल व्यवसायी संघ चितवनको पूर्व अध्यक्ष इमान्दु बरालले बताए ।
आम जनताले गरेका गल्तीलाई चाडै कारबाही गर्ने तर त्यही काम ठुला व्यक्ति अर्थात पुलिस प्रशासनले गरे परिचय पत्र हेरि छोडी दिने सबैलाई समानुपातिक गर्नुपर्ने प्रदेश नं ३ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजन गौतमले बताए । यसरी प्रहरिले अनुगमन गर्न नपाइने भन्दै अपराधी क्रियाकलाप भएमा प्रहरीले छानबिन गर्न पाउने तर जर्बजस्ती रुपमा आफ्ना सेवाग्राही उठाउन नपाउने गौतमले बताए ।

उमेर पुगेका सबै छोराछोरीलाई यौन चाहना हुने र समाजमा यस्ता कुरालाई नराम्रो मानिने प्रधानले जनाए । “सुरक्षा निकायले यस्ता कुरामा ध्यान नदिई अनुगमन गरिएको छ जसले गर्दा पर्यटकीय नगरी चितवनको बदनाम गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा गलत सन्देश प्रवाह भएको छ ।”
प्रहरीले भण्डारा देखी शिवघाट हुदै नारायणगढ सम्मका होटलमा असार ३० गते अनाधितकृत रुपमा चितवनको प्रहरिले क्लिन चितवनको नाममा अवैध रुपमा यौन क्रियाकलापमा संलग्न रहेको भनी ८५ जना सेवाग्राही लगायत १२ जना होटल व्यवसायी पक्राउ गरेको थियो । कार्यक्रम उधोग वाणिज्य संघ चितवन, चितवन उधोग संघ , चेम्बर अफ कमर्स , क्षेत्रीय होटल संघ सौराहा , रेवान सौराह, रत्ननगर उधोग वाणिज्य संघको एक्यबद्धतामा रहेको होटल व्यवसायी संघ चितवनले जनाए ।
तपाइँको प्रतिक्रिया