म विलियमसनसँग जीवनभर माफि माग्नेछु – स्टोक्स

असार ३१ – इंग्ल्यान्डका क्रिकेटर बेन स्टोक्सले आफुले जीवनभर न्युजिल्यान्डका कप्तान केन विलियमसनसँग माफि माग्ने बताएका छन् । विश्वकप फाइनलको अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि १५ रन आवश्यक थियो । उक्त ओभरको चौथो बलमा २ रन लिँदा मार्टिन गुप्टिलले फ्याकेको थ्रो स्टोक्सको ब्याट्मा लागेर बल चौका भए पछी इंग्ल्यान्डले ६ रन पाएको थियो । उक्त ६ रन नै न्युजिल्याण्डको लागि घातक हुँदा इंग्ल्यान्डका लागि भने उपाधी जित्ने उपाधी जित्ने कडि बन्यो ।
स्टोक्सले आफुले जानी जानी नगरेको भन्दै विलियमसनसँग माफि मागेका हुन् । त्यसरी रन आओस भनेर आफुले नचाहेको भन्दै उनले विलियमसनसँग जिवनभर माफी माग्ने बताएका हुन् ।’जुन तरिकाले रन आयो मैले त्यस्तो चाहेको थिइँन । जीवनभर विलियमसनसँग जीवनभर माफि माग्ने छु – उनले भने ।’
क्रिकेटको जन्मदाता इंग्ल्यान्डलाई पहिलो पटक विश्वकप जिताउन नायक बनाएका उनले उपाधी पछी यस्तो बताएका हुन् । ५० ओभरमा स्कोर बराबरी भए पछी खेल सुपर ओभर ओभरमा गएको थियो । सुपर ओभरमा इंग्ल्यान्डले १५ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले पनि १५ रन नै बनाए पछी पुन स्कोर बराबर भयो र धेरै बाउण्ड्री प्रहार गरेको आधारमा इंग्ल्यान्ड उपाधी जित्ने सफल भयो । यद्दपी त्यस निर्णयको भने आलोचना भईरहेको छ । एजेन्सी
तपाइँको प्रतिक्रिया