त्यो रात
- कथा
मङगलबार, असार ३१- २०७६
– रमेश दियाली
अफिसको काम सकेर सिधैँ कोठामा आइपुगे । आङ तनक्क तन्काएँ अनि सोफामा थचक्क बसेँ । दिन भरीको कामले शरीर थाकेको थियो । सुन्तलाको जुस पिएँ अनि शितल महशुस भयो । सिगरेट सल्काएँ । धुवा उडाउँदै गर्दा जुत्ताको लेस खोले । चिसो पानीमा नुहाँउन मन लाग्यो । कपडा खोली नुहाउँन बाथरुममा पसे । नुहाए पछि सोचेँ, केही खानु प¥यो तर अँह केही खान मन भएन । सम्झे, सुत्नु प¥यो । बेडमा पल्टेँ निन्द्रा पटक्कै लाग्या हैन । यसो घडी हेरे रातको ९ : ३० बजिसकेछ । एकछिन पारिजातको ‘ शिशिरको फूल ’किताब पढ्न थालेँ । एक पाना पढेपछि खासै मन लागेन । फ्यात्त किताब टेबलमा फ्याँकी दिएँ ।
बिचरा पारिजात । सोचें, फेसबुकमा बस्नुप¥यो । धेरै भएको थियो, फेसबुक नखोलेको । नेपालदेखि हिडेँपछी कति साथीहरुसंग कुरा गर्न नै पाएको छैन । कोही अनलाईन भए आज खुब कुरा गर्नु प¥यो भनी ल्याप्टप खोले । फेसबुकमा युजर नेम र पासवार्ड लगाउँदै गर्दा फेरी अर्को सिगरेट सल्काएँ । साथी भने पनि आफन्त भने पनि यहि सिगरेट त छ नि । सिगरेटलाई हेर्दै धुँवा झ्यालबाट बाहिर उडाई दिए ।
जुनेली रातको प्रकाशमा धुँवा त्यो माथि बादललाई भेट्न आतुर थियो । निधारको भाग अलिकति खुम्चियो । ऊभो हेरें । कस्तो पासवार्ड त ईन्करेक्ट भन्छ त किईबोटमा औंला हल्लाउँदै गर्दा याद भयो । सेट पासवार्ड त यो पो त “नेपाल २००८ । फेरी लग ईन गरें । फेसबुक ओपन हुना साथ, ह्वाट्स ईन् हिवर माईन्ड भन्छ । बेस्सरी रिस उठ्यो ।
सिगरेटको टुक्रा एसट्रेमा रगेट्दै, गर्दा मैले पनि भनि दिएँ । तेरो चै माईन्ड मा के छ नि नोटिफिकेसन र मेसेजमा रातो देखी हालें । १४ वटा मेसेज र २० नोटिफिकेसन रहेछ । हैन, यो फ्रेन्ड रिक्वेस्ेट कति पठाएको हँ सिधै ईन बक्स मेसेजमा क्लिक गरें । हाई ;; लेखेको रहेछ । सन्दीप क्षेत्रीले । सम्झने कोसिस गरेको रहेछ यो सन्दीप अहँ, मेरो कोही सन्दीप नाम गरेको साथी छैनन् ।
हेलो, अनुको अर्को मेसेज रहेछ ।
अनु !!फेरी दिमागमा झड्का लाग्यो ।
आ !! जो सुकै होस् । यसलाई चै रिप्लाई गर्नुपर्यो । रिप्लाई गरी हालें ।
हेलो, अरू मेसेजहरू पनि हेर्दै जान थालें । प्रज्ववलध्वज राणाले पनि सम्झिन भ्याएछ । टाउको हल्लाउँदै मनमनै यसो भनें, सम्झिन्छ केटाले । फोन नम्बर मागेको रहेछ । नम्बर छोडि दिएँ । अनुको म्यासेजको पर्खाईमा बसें ।
पटक्कै रिप्लाई गर्या हैन । घडी हेरें । १ घण्टा भईसक्यो । अत्तोपत्तो छैन । अब सुत्नुपर्यो भन्दै गर्दा प्रोफाईल चेक गर्न मन लाग्यो । कभर फोटो त बच्चाको पो छ । सोचें विवाहित होला । मुख लोपारें । बुढो चै बिदेशमा होला । हामी जस्तो कन्या केटाहरूलाई लाईन मार्छे । कति न भर्जिन भए झैं । अझ जान्न मन लाग्यो । एबाउटमा किलिक गरें । डिसेम्बर८, १९८८ बोन डेट रहेछ । केटी त कलिलै छें ।
करेन्ट सिटी काठमाण्डु उल्लेख गरेकी थिई । प्रोफेसनल स्किल त खासै केहि थिएन । स्टास पनि सिंगल छ । फेरी यो बच्चा फोटो हेर्नुपर्यो भन्दै गर्दा टिङटिङ आवाज आयो । उसैको मेसेज रहेछ । हल्का हाँसे । साईड बाट । सिगरेट सल्काएँ । नमस्ते लेखें । उताबाट नमस्कारको ईमो पठाईन । तिम्रो म्यूजिक भिडियो हेरेको थिए । राम्रो लाग्यो । त्यसैले फेसबुकमा सर्च गरेर एड गरेको । नाम
उसले लेखिन । मैले पनि लेखिदिए, समीर ।
अनि फेसबुकमा त अर्कै छ त फेरी सोधिन ।
साथीहरूले जिस्काउने नाम हो , “झापाली केटो“
अनि तिम्रो मैले सोधें ।
अनु!!!
अनु के नि लाष्ट नेम छैन
अहिलेको जमानामा पनि जात सोध्ने
तिमी त पुरै रेसिस्ट रहेछौ । सोचे जति स्मार्ट रहेनछौ । रिप्लाई गरिन । सरी लेख्दै डिलिट गरें । के लेखौ के लेखौ भो सोधेको मात्र । नरिसाउन यार । जवाफ फर्काएँ । ईट्स ओ के । रिप्लाई गरिन । “प्रेम नबुझिदिनेहरू लाई प्रेम गरेर समय बर्वाद नगरेकै राम्रो , प्रेम उसैलाई गर जसले तिम्रो प्रेमलाई कम्तीमा पनि बुझिदियोस्’
रातो गुलाबको फोटो सहित फेसबुकको वालमा स्टाटस लेख्न भ्याई सकिछ । क्रेडिट साया उपन्यासलाई दिएकी थिन । मैले पढें । खुब पढें । लाईक पनि गरें । घर कहाँ नि मैले सोधें । सुकेधारा काठमाण्डु । तर अहिले चै त्यहाँ बस्दिन । पोखरामा बस्छु । रिप्लाई गरिनँ । अनि तिम्रो वासिङटन सियाटल भनिदिएँ ।
उसले थम्स अपको ईमो सेन्ट गरिन् । सोध्न मन लागेको थियो,
तिमी बिबाहित हौ अहँ, सोधिनँ । अनि त्यो बच्चाको फोटो चैं त्यो पनि सोधिन । “हाम्रो शरिरको सब भन्दा सुन्दर वस्तु नै मन हो । मनमा माया भए पछि प्रेम आफै हुन्छ । उनको स्टाटसमा कमेन्ट पनि लेखें । मेरो कमेन्टमा लाईक गरि । फेरी मेसेज गरि, के गर्छौ युएसमा
ग्राफिक डिजाईनको स्टुडेन्ट हो । उत्तर दिएँ
तिमी चैं के गर्छौ मैले सोधें ।
जवाफ फर्काई, आकाशमा उड्छु ।
छक्क परें, निधारको भाग अलिकति खुम्चियो । सिगरेट फ्यात्त भूईमा झर्यो ।
के भनेको फेरी सोधें ।
बुद्ध एयरलाइन्समा एयर होस्टेजमा काम गर्छु । सिधा उत्तर दिई । सिरियस्ली मैले लेखें । एयर होस्टजको ड्ेरससंगै क्याप्टेनसंगको सेल्फि फोटो सेन्ट गरि । वाओ नाईस् ।।।लेखें ।
रमाईलो हुन्छ होला है आकाशमा उड्दा जिज्ञासु सहित प्रश्न गरें । सधैँ आमाले भन्नु हुन्थ्यो, “छोरी पढी लेखी ठूलो मान्छे बन्नुपर्छ । ठूलो मान्छे कस्तो हुन्छ मलाई थाहा थिएन । बाबाको स्वर्गवासपछि आमाले नै दुस्ख गरेर आज म यो ठाउमा छु । बैशाख १२ गतेको भूकम्पले दाईको सानो छोरीलाई पुयो । त्यो तोते बोली अझै पनि मेरो कानमा गुन्जिरहन्छ । मेरो फेसबुकको कभर फोटोमा राखेको छु । हेर न । मैले हेरी सकेको थिए तर मैले भनिनँ । मेरो सानैदेखीको सपना खुल्ला आकाशमा पन्छी झैँ उड्ने । आज सानोमा देखेको सपना पुरा गर्दैछु ।
तिमीसंग कुरा गरेर खुसी लाग्यो । भोली बिहानै जोमसुमको फ्लाईट छ । नमरी बाँचे फेरी कुरा गरौंला । उनको अन्तिम मेसेज पढ्दै गर्दा मन भारी भएर आयो । शुभ यात्राको मेसेज सेन्ड गर्दैगर्दा अफलाईन भई । रात निक्कै छिप्पीसकेको थियो । म पनि फेसबुक साईन आउट् गर्दै चुरोट सल्काएँ । दुई सर्को ताने र फ्याँकी दिए । अब सुत्नुपर्यो । टाउको दुख्ला दुख्ला झैँ भयो । आँखा बन्द गरि सुत्ने प्रयास गर्दा गर्दै निदाएछु ।
मलाई अलराम घरिघरि हिर्काउन थाल्यो । बिहानको १० बजिसकेछ । जुरूक्क उठ्दै गर्दा फोनको रिँ बज्यो । उहि प्रज्वलध्वज राणा रहेछ । न्युयोर्कमा होटेल ब्यबसायी गर्छ । हामी ११ र १२ संगै पढेको । एक हिसाबले मेरो मिल्ले साथी पनि हो । फोन उठाएँ । नेपालमा बुद्ध एयरलाइन्स दुर्घटना भयो रे ओ सेट ‘हो र रु मेरो बहिनी पनि थिई, भन्दै गर्दा फोन काटे र हतार हतार अनलाईन समाचार हेरें ।
ब्रेकिङ न्यूज “बुद्ध एयरलाइन्स दुर्घटना ग्रस्त । इकान्तिपुरमा समाचार आएको थियो । “पोखराबाट जोमसोमको लागि उडेको ढब्ब्व्इ भएको बुद्ध जहाज आज ८ बजेर १५ बजे दुर्घटनाग्रस्त अवस्थमा फेला परेको छ । जहाजमा सवार २० यात्रु , ३ चालक र एयर होस्टेज अनुको मृत्यु भएको छ ।
ओ, माई गड्
ओ माई गड् । मेरो बोली नै बन्द भए झै भयो । आँखा पोल्न थाल्यो । पानी घट्घट् पिएँ । सिगरेट सल्काएँ । धुवाँभित्र लिदै बाहिर फयाँके । लामो स्वास लिदै फेसबुक खोलें । सिधै उनको फेसबुक वालमा गएँ । हरियो एयर होस्टेजको ड्रेसमा मुसुस्क हाँसेर नमस्कार गरेको तस्वीर सहित स्टाट्स लेखेको थिई । “आज जोमसोमको हावामा खुब रमाउन मन छ । ३ क्याप्टेन सहित २० यात्रु र म उड्दै छु । फोटो हेरें । हातको औला थररर काँप्यो । शरिर लल्याकलुलुक भयो । मुख सुकेछ । दाहिने हातको औंला आँखामा अघि पुगेछ । आँसु थामिएन । रोएछु । घुटुक्क थुक निलें ।
उनको फोटोमा श्रद्धा सुमन दिदै थिएँ । रिप अनु । यु आर ईन् आवर हार्ट । कसैले दुखद घटना भन्दै थिए । कसैले राष्ट्र र क्याप्टेनलाई दोष दिदै थिए । म अन्योलमा परें । म कसलाई दोष दिउँ यो संसारमा जे सोच्यो त्यो हुन्न रहेछ । जे हुन्छ त्यो एउटा घटना बनेर अनन्त सम्म पिरोलीरहने रहेछ । हामीले कुनै कल्पनै गरेका हुन्नौं ।
हो, त्यही कल्पना नगरै कै कुरा वास्तबिक र यथार्थ हुँदो रहेछ । यो माया भन्नै शब्द नै कस्तो नमिलेको जस्तो लाग्छ । बर्षौसम्म देखादेख भएर पनि माया बस्दैन तर कहिल्यै नदेखेको मान्छेको यति धेरै माया लाग्छ । कहिलेकाहि उकालो हिंड्दै गर्दा थकित भएर लठ्ठीको साहरा लिन्छौं । जब उकालो सकियो, लठ्टी फँयाक्न माया लाग्छ । साँच्चै माया भन्नै चिज नै यस्तै, अजीब । जीवन यात्रामा थुप्रै सम्बन्धहरू जोडिन्छन् र टुट्छन समयसंगै ।
तर, केहि यस्ता सम्बन्धहरू छन् जुन चाहेर पनि मेटिदैन । बाँचिरहन्छन् जीन्दगीभरि, अनन्त सम्म । एउटा अमर छाप बनेर । ढुंगामा खोपिएको अक्षर झैं सम्बन्ध त हाम्रो बिचार, भावनाले पो बनाउँदो रहेछ । ‘अल बिदा अनु ।’ ‘आत्माले शान्ती पाओस् ।’ सिगरेट सल्काउँदै गर्दा फेसबुक साईन आउट् गरें ।
प्रकाशित २०७६ असार ३१
तपाइँको प्रतिक्रिया