पत्रकारलाई साइबर सुरक्षा सम्बन्धी तालिम

साउन ३०, चितवन । चितवनका पत्रकार एवं सचारकर्मीलाई साइबर सुरक्षा सम्बन्धि सचेतनामुलक तालिम दिइएको छ । बिशेशगरी अनलाइन समाचार र सामाजिक सञ्चालमा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने होशियारीलाई मध्नजर गर्दै उक्त तालिम दिइएको हो । सानो गल्तिले पनि साइबर अपराधको फन्दामा पर्न सकिने भन्दै सचेतनाको लागि कार्यक्रमको आयोजना गरिएको थियो । आज भरतपुरमा फोब्स कलेज , क्षेत्रपुरले यस कार्यक्रमको आयोजना गरेको हो ।
साइबर सुरक्षा बिषयका कलेजका सुचना प्रविधि प्रमुख सुलभ अधिकारीले जानी नजानी साइबर अपराधका घटनामा बृद्धि भइरहेको भन्दै पत्रकारलाई यसतर्फ सजग हुन आग्रह गरे । नेपालमा पनि अधिकांश नागरिक तथा पेशा , व्यवसायीहरुले इन्टरनेटको प्रयोग धेरैनै गर्ने गरेकाले आफ्ना व्यक्तिगत बिषय सार्वजनिक गर्न नहुने उनले बताए । सामाजिक सञ्जाल तथा इमेलमा विभिन्न किसीमका प्रलोभन र झुक्याएर सूचना तथा डाटा चोरिने भएकोले आफूले आफ्ना गोप्य सूचना प्रकाशित गर्न नहुने बताए ।
सो अबसरमा सामाजिक सञ्जालका खाता तथा इमेलका सूचनाहरुलाई कसरी सुरक्षित राखिन्छ भन्ने बिषयमा अभ्यास गराइएको थियो । तालिम अधिकारी लगायत विपु ओझा, राजन धिताल लगायतले प्रशिक्षण दिएका थिए ।
तपाइँको प्रतिक्रिया