अल्जेरिया अफ्रिका कप अफ नेसन्सको फाइनलमा, उपाधीका लागि सेनेगलको सामना गर्ने

असार ३० – अल्जेरिया अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गए राती सम्पन्न खेलमा नाईजेरियालाई २-१ ले पराजित गर्दै अल्जेरियाले फाइनलमा स्थान सुरक्षित बनाएको हो । अल्जेरियाको जितमा रियाद महारेजले एक गोल गरे भने अर्को गोल उपहार स्वरुप पाएको थियो । नाईजेरियाका लागि ओडियन इग्लुले एक गोल गरेका थिए ।
खेलको ४० औ मिनेटमा अल्जेरियाले अग्रता लिएको थियो । नाईजेरियाका विलियम ट्रोस्ट इकोङले आत्मघाती गोल गरेपछी अल्जेरियाले पहिलो हाफमा १-० को अग्रता लियो । दोस्रो हाफमा नाईजेरिया खेलमा फर्कियो ।७२औ मिनेटमा नाइजेरियाले ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै बराबरी गरे । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा महारेजले फ्रिकिक मार्फत गोल गरेपछी अल्जेरिया बिजयी हुँदै फाइनलमा स्थान बनाउन सफल भयो । उपाधीका लागि अल्जेरियाले सेनेगलको सामना गर्नेछ । सेनेगल ट्युनेसियालाई १-० ले हराउदै फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल शुक्रबार हुनेछ । एजेन्सी
तपाइँको प्रतिक्रिया