प्रोफसनल एजुकेसन कन्सलटेन्सीको नाम जस्तै “काम पनि प्रोफेसनल छ” – निर्देशक खनाल

चितवन, असार २९ –
नेपालबाट हरेक वर्ष सयौँ विद्यार्थीहरु उच्च शिक्षा हासिलका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । पछिल्लो समय वैदेशिक शिक्षामा नेपाली विद्यार्थीको रोजाई अष्ट्रेलिया मुख्य हुने गरेको छ । विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै केही वर्षयता नेपालमा सयौँ शैक्षिक परामर्श केन्द्रहरु खुलेका पनि छन् । ती केन्द्रले निश्चित शुल्क लिएर वैदेशिक शिक्षाका लागि जाने विद्यार्थीलाई परामर्श प्रदान गरिरहेका छन् । यसै सन्र्दभमा प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी नारायणगढ शाखाले जुलाई १८ तारिकमा अर्थात् (साउन २ गते) होटल गार्डेन रिसोर्ट भरतपुरमा ‘प्रोफेसनल अष्ट्रेलियन हाइयर एजुकेसन फेयर’ आयोजना गर्न लागेको छ । यहि सेरोफेरोमा रहेर यस कन्सल्टेन्सीका चितवन निर्देशक सन्तोष खनालसँग गरिएको संक्षिप्त कुराकानी :
प्रोफेसनल एजुकेशन कन्सलटेन्सी कस्तो शैक्षिक परामर्श केन्द्र हो ?
‘प्रोफसनल एजुकेसन कन्सलटेन्सी’ उचित शैक्षिक परामर्श (काउन्सेलिङ) दिने संस्था हो । यस संस्थाले २६ वर्षदेखि शैक्षिक परामर्शको काम गर्दै आइरहेको छ । नेपालमा कन्सलटेन्सीको इतिहासमा यो सबैभन्दा पुरानो र गरिमा बोकेको संस्था हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूएस, क्यानडालगायतका विकसित देशहरुमा विदेश जान चाहने विद्यार्थीहरुलाई उचित काउन्सेलिङ गर्ने काम गरिरहेको छौँ ।
खास गरी प्रोफसनलले अष्ट्रेलियालाई बढी फोकस गरेको छ । सही शैक्षिक परामर्श दिनु आजको आवश्यकता हो, यसको मुख्य उद्देश्य यही पनि हो । काठमाडौँको बानेश्वरमा मुख्य कार्यालय रहेको प्रोफेसनल एजुकेसनले चितवनमा भने विगत आधा दशकदेखि नारायणगढको शाखाबाट समेत सेवा दिदै आएको छ । भने विद्यार्थीहरुको सेवामा सहयात्री बनेर पुलको काम गरिरहेको छ । यससगैँ काठमाडौँको महाराजगञ्ज, ललितपुरको कुमारीपाटी, भक्तपुर, पोखरा, लगायतका विभिन्न ठाउँबाट समेत प्रभावकारी परामर्शको सेवा दिदै आएको छ ।
अष्टे«लियाको मेलवर्न र सिड्नी सहित बंगलादेश, इन्डियालगायतका ठाउँहरुबाट पनि यसले सेवा प्रदान गरिरहेको छ । ‘प्रोफसनल एजुकेसनलले अष्ट्रेलिया, अमेरिका, यूके, न्यूजिल्यान्ड, क्यानडा, आयरल्याण्ड, थाइल्याण्डलगायतका देशमा उच्च शिक्षा लिन जाने विद्यार्थीहरुलाई सही परामर्शको सेवा दिइरहेको छ । पछिल्लो समय ‘प्रोफसनल एजुकेसन’बाट शैक्षिक परामर्श लिएर पढ्न जाने विद्यार्थीहरुमा सबैभन्दा बढी अष्टे«लिया रहेको छ । प्रोफेसनल एजुकेसनलले अष्टे«लियालाई प्राथमिकता दिएर विशेष गरि यस संस्थाले हाईयर एजुकेशन अध्ययनका लागि मात्र बढी मात्रामा जोड दिदै आएको छ ।
‘प्रोफसनल’ले अष्ट्रेलियन हाईयर एजुकेशन फेयर आयोजना गर्दैछ यो कस्तो खालको फेयर हो ?
‘प्रोफसनल एजुकेशन कन्सलटेन्सी नारायणगढले जुलाई १८ तारिक अर्थात् आउँदो साउन २ गते बिहीबार बिहान १० बजेबाट फेयर सुरु गर्दैछ र फेयर साँझ ५ बजेसम्म चल्नेछ । भरतपुर वीरेन्द्र क्याम्पस अगाडि रहेको भरतपुर गार्डेन रिसोर्टमा अष्ट्रेलियन युनिभरसिटी फेयर आयोजना हुन लागेको हो । प्रोफसनलले प्राय बर्षको दुई पटक अष्ट्रेलियन हाईयर एजुकेशन फेयर गर्दै आइरहेको छ ।
यस पटकको फेयर विगतको भन्दा फरक खालको हुनेछ । यो पटक १२ भन्दा बढी युनिभरर्सिटीका प्रतिनिधिहरु सहभागी हुनेछन् । युनिभरर्सिटीका प्रतिनिधिहरुसँग आफै विद्यार्थीहरुले प्रत्यक्षरुपमा त्यहाँ अध्ययन गर्ने विषय, लाग्ने शुल्क, वातावरणको अवस्था, बसाई खर्च, लगायतका सम्पूर्ण विषयमा जानकारी लिन सक्नेछन् । जहाँ युनिभरर्सिटीका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई काउन्सेलिङ गरी छर्लङ्ग पार्नेछन् ।
जब कि उच्च शिक्षा अध्ययनको लागि जाने विद्यार्थीहरुमा कुनै पनि कन्फ्युजको समस्या हुँदैन । आज धेरै विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न जाँदा पर्याप्त ज्ञान नलिँदा समस्यामा परिरहेका छन् । प्रोफेसनल एजुकेसनले सही परामर्श दिन्छ, जब कि कुनै विद्यार्थी उच्च शिक्षा पढ्न बाहिर जाँदा कतै पनि समस्यामा पर्ने छैनन् ।
फेयरमा यो पटक कति युनिभर्सिटी र कलेज सहभागी हुनेछन् ?
यो पटक अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, करट्रिन युनिभर्सिटी, इडिथ काउन युनिभर्सिटी, इडुको साउदन क्रस युनिभर्सिटी, आइसीएमएस, लाट्रोब युनिभर्सिटी, मेक्यूरी युनिभर्सिटी, नाबिटास, साउदन क्रस युनिभर्सिटी, युनिभर्सिटी अफ न्यू इग्ल्यान्ड, युनिभर्सिटी अफ साउदन अष्ट्रेलिया, युनिभर्सिटी अफ साउदन क्विन्सल्याण्डसहित १२ वटा युनिभर्सिटी हुनेछन् । जहाँ युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्यक्षरुपमा काउन्सेलिङ गर्नेछन् ।
युनिभर्सिटीका प्रतिनिधिहरुले के के विषयमा जानकारी दिनेछन् ? त्यहाँ गइसकेपछि विद्यार्थीहरु समस्यामा पर्ने छैनन् भन्ने पूर्ण विश्वास कसरी दिलाउनुहुन्छ ?
प्रोफेसनल एजुकेसन कन्सलटेन्सीले उचित समयमा उचित परामर्श दिँदै आएको सर्वविविदै छ । हिजोको दिनमा पनि हामीले फेयर गर्दा विद्यार्थीहरुलाई सही परामर्श दिँदै आएको बारेमा उहाँहरु नै जानकार हुनुहुन्छ । युनिभर्सिटीका प्रतिनिधिहरुले उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई अष्ट्रेलियाको सम्पूर्ण परिवेश र वस्तुस्थितिबारे जानकारी दिनेछन् ।
फेयरबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि जानुभन्दा पहिले नै सबैकुरा छर्लङ्ग पार्नेछौँ । जाने नजाने निर्णय भने विद्यार्थीहरुको हातमा नै हुन्छ । हामीले विद्यार्थी जानुभन्दा अगाडि शुल्कको विषय, वातावरणको विषय, त्यहाँ बस्दा लाग्ने खर्चको विषय, अध्ययन गर्ने समयको विषय, त्यहाँको सांस्कृतिक, सामाजिक परिवेशलगायत विभिन्न कुराहरुले गर्दा वातावरण सहज बनिसकेको हुनेछ । हामीबाट कतै कुनै कुरामा गलत इन्फरमेसन हुँदैन, हाम्रा युनिभर्सिटीका प्रतिनिधिहरुले सही परामर्श दिनेछन् । यही विश्वासका कारणले आज हामी २६ वर्षमा हिडिरहेका छौँ ।
फेयरमा विद्यार्थीसँग अभिभावक पनि आउँछन्, उनीहरुका जिज्ञासाहरु समाधान गर्न तयार हुनुहुन्छ ?
फेयरमा आउने हरेक विद्यार्थीसँग अभिभावक पनि सहभागी हुनुपर्छ भन्ने हामी चाहन्छौँ । हाम्रो फेयरमा आउने हरेक विद्यार्थीहरुले अभिभावक पनि सँगसँगै ल्याउँछन् । यसअघिका फेयरमा पनि यो देखिएको थियो । त्यहाँ पढ्ने कोर्सको बारेमा, शुल्कको विषयमा, वातावरणको विषयमा, बस्दा लाग्ने लागतका बारेमा विद्यार्थीहरुले मात्र बुझेर हुँदैन, सँगसँगै अभिभावकले पनि बुझ्न जरुरी छ । फेयरमा दुई वटा बैंक पनि सहभागी हुनेछन् । बैकका प्रतिनिधिहरुले विद्यार्थी सँगसँगै अभिभावकलाई बैंकिङ प्रोसेसको बारेमा जानकारी गराउनेछन् ।
विद्यार्थीहरु र अभिभावकमा कुनै कुरामा द्विविधा हुन्छन् भने त्यो कुराको निराकरण फेयरमा हुनेछ । विश्वविद्यालयका प्रतिनिधिहरु, कलेजका प्रतिनिधिहरुले नै विद्यार्थी र अभिभावकलाई सही सूचना दिनेछन् । कलेजका प्रतिनिधि र विश्वविद्यालयका प्रतिनिधिहरुले सीधै विद्यार्थी र अभिभावकहरुलाई काउन्सेलिङ गर्नेछन् । जसबाट अभिभावक र विद्यार्थी दुबै सन्तुष्ट हुन सक्छन् । यसकारण फेयरमा अभिभावकको उपस्थिति पनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । पढ्न जाँदा खर्च कति लाग्छ, त्यहाँको वातावरण कस्तो छ, त्यहाँको शुल्क तिर्न सक्छु सक्दिनँ भन्ने कुरा पहिले नै विद्यार्थी अभिभावकले बुझ्नुपर्छ ।
उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुले प्रोफेसनल कन्सलटेन्सी नै छान्नुपर्ने कारणहरु केके छन् ?
प्रोफसनल एजुकेसन कन्सलटेन्सीको नाम जस्तै काम पनि प्रोफेसनल छ । यस संस्थाले अष्ट्रेलियाको हरेक क्षेत्रमा रहेका अधिकांश युनिभर्सिटीसगँ अनुमति लिएको छ । यस संस्थामा आउने विद्यार्थीले उनीहरु जान चाहेको क्षेत्र अनुसार युनिभर्सिटी रोज्न सक्दछन् । पिईसी मा आईरहदाँ सेलेक्सन अपरच्युनिटी प्रशस्त मात्रामा हुन्छ । अनि सही सूचना दिनु र विद्यार्थीहरुलाई उचित गन्तव्य देखाउनु हाम्रो उद्देश्य हो । हामीले सही सूचना दिन्छौँ, जसबाट विद्यार्थी कुनै समस्यामा पर्ने छैनन् ।
फेयरमा पनि विश्वविद्यालयका प्रतिनिधिहरुले आफैँ आएर स्टल राखेर सही सूचना दिन्छन् । यसमा हामी कुनै कन्जुस्याइँ गर्दैनौँ र हाम्रो मुख्य विशेषता यही हो । भने हामीले पठाएका विद्यार्थीहरुले हासिल गरेको सफलता र विश्वास पनि अर्को आधार हो नि ? यही विशेषताले हामीमाझ विद्यार्थीहरु आइरहेका छन् ।
अनि विद्यार्थीहरुले छात्रावृत्ति कसरी पाउन सक्छन् त ?
सहि परार्मशसगैँ विद्यार्थीहरुले छान्ने विषय र उनीहरुको पढाईले नै छात्रावृत्ति पाउन मद्दत गर्छ । यसमा विश्वविद्यालयको मापदण्ड छ । त्यसका लागि विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता र आईएलटिएसको प्राप्त अंकको आधारमा व्याचलरमा ६५ प्रतिशतभन्दा माथि अंक छ भने उनीहरुले कलेजको मापदण्ड अनुसार आशिंक वा पुरै छात्रवृत्ति पाईरहेका छन् । जुन हामीले भन्दा पनि हाम्रोबाट गएर अध्ययन गरिरहेका विद्यार्थीहरुसगँ पनि बुझ्न सक्नुहुन्छ । यदि त्यो अवसरबाट कोही छुट्नु भएको छ भने हामीकोमा आएर एक पटक परामर्श लिन अनुरोध पनि छ । विद्यार्थीहरुले छात्रावृत्ति नपाउने अवसर कम हुन्छ । हामीहरुले ब्याच्र्लस, मास्र्टस र रिसर्च (पिएडी) प्रोग्राममा अध्ययनका लागि विद्यार्थीहरु पढाईरहेका छौँ ।
विद्यार्थीले कोर्ष र कलेज छनौट गर्दा के–के कुरामा ध्यान पुर्याउनुपर्छ ?
विद्यार्थीहरुले कोर्ष छनोट गर्दा आफुले अध्ययन गर्ने सक्ने खालको र आफ्नो आर्थिक अवस्थाले धान्न सक्ने हुनुपर्छ । त्यसको स्कोप कत्तिको छ भन्ने जस्ता कुरा ख्याल गरी कोर्स छनोट गर्नु पर्छ र अनलाईनबाट पनि कलेजहरुको बारेमा हेर्न सकिन्छ र आफुले छनोट गरेको कलेज बारे जानकारी लिन सकिन्छ ।
बजारमा अनेक प्रकारका कन्सल्टेन्सी छन् तिनमा सहि कन्सल्टेन्सी कसरी छनौट गर्ने ?
हो बजारमा धेरै कन्सल्टिन्ङ हरु छन् । तर जसले शैक्षिक परामर्श राम्रो दिन्छ, आफ्नो जिज्ञासाहरुको सहि मार्ग दर्शन जसले प्रदान गर्छ, जो भविष्य सम्मपनि सँगै हुन्छ र जसले गन्तब्य सम्म पनि साथ दिन्छ, त्यसलाई नै हामीले प्राथमिकतमा राख्नुपर्छ । जस्तै हामीले यहाँबाट विद्यार्थिलाई अष्ट्रेलिया पठाईसकेपछि हाम्रो मेलर्बन र सिड्नी अफिसले पनि उनीहरुलाई त्यो ठाउँमा अभिभावको भुमिका निभाउँछ र उनीहरुलाई त्यहाँ आईपर्ने अनेक समस्याको समाधानको लागी हामी सधैँ तत्पर रहन्छौँ ।
अन्त्यमा अष्ट्रेलिया उच्च शिक्षामा जाने विद्यार्थीहरुको लागि के सुझाव दिन चाहानु हुन्छ ?
प्रोफेशनलले के सुझाव दिन चाहन्छ भने, कुनै पनि विद्यार्थी अष्ट्रेलिया जाने योजना बनाईरहेको छ । भने भिसा प्रोसेसिङ्ग गर्न लागेको कन्सल्ट्रेन्सीको बारेमा अनुसन्धात्मक तबरले बुझेर सहि परामर्शदाता छनौट गर्ने । अनि त्यहिबाट गरिएको प्रोसेसले नै विद्यार्थीहरुको भविष्य निर्धारण गर्दछ ।
मेरो आग्रह यो पनि छ की विद्यार्थीहरुले अरुको लहैलहैमा लागेर भन्दा पनि सेल्फ रिसर्चले विद्यार्थीलाई जिम्मेवार बनाउदछ । सोही अनुसार अगाडी बढ्नुहोस् । र फेरि पनि सहि परार्मशका लागि प्रोफेसनल एजुकेशनलाई रोज्नुहोस् समेत भन्न चाहान्छु । कारण हामीले विगत २६ देखि निरन्तर गरेको सेवा र विश्वास नै हामीलाई छनौट गर्ने आधार हो ।
तपाइँको प्रतिक्रिया