भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा रौतहट पूर्णरुपमा डुबानमा

रौतहट, असार २८ – भारतले समयमै बाँधका ढोकाहरु नखोल्दा रौतहट पूर्णरुपमा डुबानमा परेको छ । लालबकैया र बाग्मती नदीमा आएको बाढीले सदरमुकाम गौरसहित अधिकांश भाग डुवाएको छ । गौरमा शुक्रबार राति नै बाढी पसेको थियो । सदरमुकामका मुख्य सडकमा एक तले घर डुब्ने गरी पानी जम्मा भएको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी युनिट समेत डुबानमा परेका छन् ।
बाढीले गौरसँगै गरुडा, कटहरीया, मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकड डुबाएको छ ।
डुवानका कारण जनजीवन निकै कस्टकर बनेको छ । डुबेर गौर ३ टिकुलियाका शिवमंगल पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए । मौलापुर नगरपालिकाको वडा नं. १, ३ र ४ मा चार सय घर प्रभावित भएका छन् भने २० हजार बढी विस्थापित भएका छन् ।
तपाइँको प्रतिक्रिया