सोमपाललाई रेड रकको साथ, २ बर्षका लागि भयो सम्झौता

काठमाडौं, असार २८ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामी रेड रक स्पोटर्सले प्रायोजन गरेको छ । सोमपाल हालै मात्र क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिगमा विनिपेग हक्समा आवद्ध भएका थिए ।
सोमपाल र रेड रकबीच दुई वर्षे सम्झौता भएको छ, जसअनुसार सोमपालले सम्झौता अवधिमा ३ देखि ५ हजार डलर पाउनेछन् ।रेड रकले यू–१९ का भीम सार्की र सिनियर टोलीका करण केसीसँग पनि सम्झौता गरेको छ ।
तपाइँको प्रतिक्रिया