डा.अरुणा उप्रेतीसँग ९० मिनेट : किताब, पोषण र औषधीको विषयमा छलफल

चितवन,असार २८ – चितवनको भरतपुरमा डा.अरुणा उप्रेतीसँग ९० मिनेट बिषयक कार्यक्रम सम्पन्न भएको छ ।डबली द स्पेसमा सम्पन्न उक्त कार्यक्रममा किताब, पोषण र औषधीको विषयमा छलफल भएको थियो ।
मन्थन चितवनको आयोजनामा तथा डबली द स्पेसको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा डा उप्रेतीले महिलाहरुको स्वास्थ्य बारे प्रकाश पारेकी थिईन् । उनले महिलाहरुलाई गर्भ अवस्था देखी परिवारले स्वास्थ्यमा हेर विचार गर्नुपर्ने, उनीहरुको खानपिनमा ध्यान दिनु पर्ने लगायतका बिषय बारे चर्चा गरेकी थिईन् ।
महिलाहरुलाई कामको बोझ बढी भएको कारण स्वास्थ्यमा समस्या आउने गरेको उनले बताइन् । गर्भपतनलाई रोक्नुपर्ने कुरामा आवाज उठाउदै आएकी उप्रेतीले महिलाको पाठेघर खस्ने समस्या खानपिनमा ध्यान नदिएको कामको बोझ बढी भएको कारण यी समस्या देखिएको बताइन् ।
डाक्टरहरुले अस्पतालमा महिलाहरुलाई अविरल शब्दहरु बोल्ने,गाँउ घरपरिवारमा उनीलाई गर्ने व्यवहार कारण गाँउका महिलाहरुलाई डिप्रेशन भएको उनले बताइन् । औषधी उपचार, स्वास्थ्य संस्थाहरु बढे पनि स्वास्थ्या समस्या बढीरहेको र यो समस्या नेपालमा मात्र नभएर अरु देशमा रहेको उनले जानकारी दिईन् ।
मानिसको जीवनशैलीको परिवर्तन संगै सकारात्मक परम्परागत कुरालाई विर्सिएका कारण सानै उमेरमा डाईबेटीज देखिने गरेको उनको भनाई थियो । आमाबाबुले बालबालिकालाई खानेकुरामा जङकफुड दिने, विद्यालयमा पनि त्यही दिने गर्नाले उनीहरुमा विभिन्न प्रकारको रोगहरु लाग्ने गरेको उनको भनाई थियो । आफ्ना घर वरपर रहेका जडिबुटीको प्रयोग नगर्ने , घरमा भएका खानेकुरा नखाने सधैं बाहिरी चिजविज प्रयोग गर्ने, सामान्य बिरामी हुदाँ घरमा पाइने तुलसी नखाई ओभर डोजको औषधी खानाले स्वास्थ्यमा समस्या देखिने गरेकोले त्यसो नगर्न उनले आग्रह गरिन् ।
स्वास्थ्य मन्त्रालयले कुपोषण हटाउन अनावश्यक कुराहरु ल्याएको तर घरमा भएका मकै, फापर, कोदो, भटमास आदि खाएर बिसेक हुने बारे चेतना दिन नसकेको उनको तर्क थियो ।नराम्रा कुराहरु सिक्न छिटो छिटो अघी बढ्ने अहिलेका बालबालिकाहरु मोबाइल हेर्न छोडी अनिवार्य किताबहरु , लोक कथा, सँस्कृति पढ्नुपर्ने उनले बताइन् ।
स्वास्थ्यकर्मीले औषधी मात्रै खाऊ भन्ने त्यसलाई अंग्रजी भाषामा लेखिदिने तर नेपालीमा नलेखिदिने कारण बिरामीलाई समस्या रहेको समेत उनले बताइन् । डाक्टरहरुले बिरामीहरुलाई कम मात्रै रुपमा कम्युनिकेसन गर्नाले पनि समस्या देखिने उनले बताईन् । यस्तै पछील्लो समय सामान्य भन्दा पनि सल्यक्रिया गरि बच्चा जन्माउने प्रक्रिया चुनौतीको रुपमा देखा परेको उनको भनाई थियो ।
सही मार्ग दर्शनको अभावमा पछील्लो समय उमेर नै नपुगी गर्भपतन गर्ने क्रम पनि बढेकोले त्यसका निर्मुल गर्न र गर्भपतनबारे कार्यक्रम गरी जनचेतना फैलाउन जरुरी रहेको उनले बताइन् ।कार्यक्रमलाई जनस्वास्थ्य कर्मी सिमृन काफ्लेले सहजिकरण गरेकी थिईन् ।
तपाइँको प्रतिक्रिया