भारतले खोल्न नमानेको बाँध आँफै फुट्यो, अटेर गर्दा उल्टै डुब्यो भारतको दरगनिया बजार

रौतहट, असार २८ – भारतले बाँधको ढोकाहरु खोल्न नेपाली पक्षले पटक पटक अनुरोध गर्दा पनि भारतीय बाँध पक्षले नटेरे पछी रौतहट डुबानमा पर्यो । बाँधका ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती डुबानमा पर्यो । तर नेपालको आग्रहलाई बेवास्ता गरेको भारतलाई प्रकृतिले जवाफ दिएको छ ।
नेपालीले आग्रह गर्दा भारतले खोल्न अस्विकार गरेको रौतहटको राजवेदी नगरपालिका स्थित बेलबिछुया बाँध फुटेको छ । बाँध फुटेपछि सिमावर्ती भारतीय दरगनिया बजार डुबानमा परेको छ । पानीको उच्च बहावका कारण बाँध आफैं फुटेको हो । बाँधका कारण सदरमुकाम गौरसहित अधिकांश भूभागमा १० फिटभन्दा गहिरो पानी जमेको थियो ।
नेपाली पक्षले बाँधको ढोका खोल्न आग्रह गरेपछि भारतले उल्टै बाँध भएको क्षेत्रमा आफ्नो सीमा सुरक्षा बल एसएसबी तैनाथ गरेको थियो । त्यसको बिरोध स्वरुप सामाजिक सञ्जाल फेसबुकमा ‘गो ब्याक इण्डिया’ को ह्यासट्याग नै चल्यो ।
तपाइँको प्रतिक्रिया