स्कालोनीले २०२० सम्म अर्जेन्टिनाको प्रशिक्षण सम्हाल्ने

असार २८ – अर्जेन्टिनालाई हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिकामा तेस्रो बनाएका प्रशिक्षक लियोनेल स्कालोनीले सन् २०२० सम्म नै अर्जेन्टिनाको प्रशिक्षन सम्हाल्ने भएका छन् । अर्जेन्टिना फुटबल संघले स्कालोनीलाई सन् २०२० सम्म प्रशिक्षणको जिम्मा दिने निर्णय गरेको हो ।
उनले सन् २०२० सम्म अर्जेन्टिनाको टोली सम्हाल्ने पक्का भए पनि उनले २०२२ को कोपा अमेरिका सम्म नै प्रशिक्षण सम्हाल्ने सम्भावना रहेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । सन् २०२० को कोपा अमेरिकामा राम्रो नतिज दिन सकेको खण्डमा र समर्थकको समर्थन पाएको खण्डमा २०२० पछी २०२२ सम्म पुन : उनलाई नै टोली सम्हाल्न दिने सोचमा अर्जेन्टिना फुटबल संघ रहेको छ । यसर्थ आउदो कोपा उनको लागि परिक्षा हुनेछ ।
तपाइँको प्रतिक्रिया