पारस नायक बन्दा टी २० आईमा विकेटको हिसाबले नेपालको अहिले सम्मकै ठुलो जित
असार २८ – कप्तान पारस खड्काको उत्कृष्ट कप्तानी ब्याटिङको मद्दतमा नेपालले मलेसिया बिरुद्द सहज जित हात परेको छ । मलेसिया बिरुद्द २ टी २० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल ७ विकेटले बिजयी भएको हो । यो टी २० आईमा नेपालले विकेटको हिसाबले हात पारेको अहिले सम्मकै सबै भन्दा ठुलो जित हो ।
किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको मध्यम लक्ष्य नेपालले ९ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान पारसले उत्कृष्ट पारे खेले । उनले नेपालका लागि अविजित ८६ रन बनाए । ५० बल खेलेका पारसले ८ चौका र ५ छक्का प्रहार गरे ।
यो सँगै पारसले टी ट्वान्टी अन्तर्राष्ट्रिय(आई) मा नेपालको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड तोडेका छन् । उनले सुबाश खकुरेलको ५६ रनको रेकर्ड तोडेका हुन् । सुबासले सन् २०१४ को टी २० विश्वकपमा ५६ रन बनाएका थिए । पारसलाई शरद भेसवाकरले १६ रन बनाएर साथ दिए । अन्य ब्याट्सम्यान खास्सै चल्न सकेनन् । मलेसियाका अनवार रहमानले २ तथा फित्री शामले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २८ रन बनायो । उसले खेलमा राम्रो सुरुवात गरेको थियो । पहिलो विकेट सस्तैमा गुमाए पनि दोस्रो र तेस्रो विकेटका लागि राम्रो साझेदारी भएको थियो ।
उसका लागि ओपनर विरनदीप सिंहले सर्वाधिक ५७ रन बनाए । उनले ४९ बलमा ७ चौका र १ छक्का प्रहार गरे । कप्तान अहमद फैज ४५ रन बनाएर आउट भए । उनले ३९ बलमा २ चौका प्रहार गरे । फ्रिती सामलाई १२ रन बनाएर पेभिलियन फर्किए । अन्य ब्याट्सम्यानले दोसोरो अंकको रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसीले ४ विकेट लिए भने बसन्त रेग्मी र सन्दिप लामिछानेले समान २-२ तथा सोमपाल कामीले १ विकेट लिए । करणले ४ ओभरमा २७ रन खर्चिए भने बसन्तले समान ४ ओभरमा २८ तथा सन्दिपले २५ रन खर्चिए । सोमपालले ३ ओभरमा १५ रन खर्चिए । खेलको म्यान अफ द म्याच नेपालका कप्तान पारस खड्का घोषित भए ।
तपाइँको प्रतिक्रिया