अबिरल बर्षा पछीको बिपतमा परी ज्यान गुमाउनेको संख्या १७ पुग्यो

काठमाडौं, असार २७ – बिहीबार रातिदेखि देशभर अबिरल बर्षा भईरहेको छ । अबिरल बर्षाको कारण देशका बिभिन्न क्षेत्र डुबानमा परेका छ्न् भने केही क्षेत्र डुबानको खतरामा रहेको छ । सम्भावित घटनालाई मध्यानजर गर्दै बिभिन्न ठाउँमा सजग रहन आग्रह गरिएको छ ।
वर्षाले देश भर नै प्रभाव पर्दा जनजीवन कष्टकर बनेको छ । अहिलेको ताजा खबर अनुसार हालसम्म बर्षा पछीको बिपदमा परी १७ जनाले ज्यान गुमाईसकेका छन् । यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अहिले सम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका छन् ।
बर्षा पछीको बिपतमा परी बनेपा–३, नालामा २ जनाले ज्यान गुमाएका छ्न् । भूकम्प पीडितको घरमाथि पहिरो खस्दा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको ज्यान गएको हो ।
भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको ज्यान गएको छ भने रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।
उता काठमाडौंको मुलपानीमा बर्षा पछीको पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् । उता ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको शौचालयमा रहेको अवस्थामा क्रममा पहिरोले चर्पीसहित पुरिएर ज्यान गएको छ ।
पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर १० बर्षिय निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया