फिफा वरियतामा नेपाली महिला टोलीको सुधार

चितवन, असार २७ – नेपाली महिला फुटबल टोली फिफा वरियताको नेपाली महिला फुटबल टोलीले सुधार गरेको छ । नयाँ वरियताको अनुसार नेपाल २ स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विश्व वरियतामा नेपाली महिला टोली १ सय १ स्थानमा रहेको छ ।
यसअघि नेपाली टोली १ सय ३ स्थानमा रहेको थियो । ओलम्पिक छनोटको दोस्रो चरण पुग्न सफल नेपाली महिला टोली चैतमा विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दोस्रो भएको थियो । त्यसअघि भारतमा भएको हिरो कपमा नेपाली टोलीले दोस्रो स्थान प्राप्त गरेको थियो ।
तपाइँको प्रतिक्रिया