अन्तत : ग्रिज्मन बार्सिलोना आउने पक्का, ५ बर्षको लागि भएको सम्झौता

असार २७ – विश्व बिजेता फ्रान्सका स्टार फर्वार्ड एन्टोइन ग्रिज्मन बार्सिलोना आउने पक्का भएको छ । लामो कसरत पछी शुक्रबार बार्सिलोना र एथ्लेटिको मड्रिड उनको ट्रान्सफरलाई लिएर सहमत भएका हुन् ।
बार्सिलोनाले एथ्लेटिकोलाई तोकिए अनुसार नै रिलिज क्लज तिरे पछी औनी बार्सिलोना आउने पक्का भएको थियो । यस अघी बार्सिलोना उनलाई यो हप्ता भित्र नै क्लबमा भित्र्याउने योजनामा रहेको थियो । जस अनुसार उसले एथ्लेटिकोलाई १२० मिलियन युरो रिलिज क्लज तिरेर क्लबमा अनुबन्ध गरेको हो ।
सम्झौता अनुसार उनी ५ बर्षको लागि क्लबमा अनुबन्ध भएका हुन् । उनीले ३० जुन २०२४ सम्म बार्सिलोनाबाट खेल्नेछन् । बार्सिलोनाले उनलाई आइतबार क्याम्प नाउमा सार्वजनिक गर्ने बुझिएको छ ।
तपाइँको प्रतिक्रिया