राप्ती नदीले पार गर्यो खतराको सुचक, सजग रहन पुर्वी चितवनबासीलाई आग्रह

चितवन, असार २७ – लगातारको बर्षाको कारण चितवनको राप्ती नदीको बहाबले खतराको सूचक नाघेको छ । राप्ती नदीमा ४ मिटर सम्म सामान्य मानिने गरेकोमा अहिले बढेर ४।३ पुगेको मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले जानकारी दिए । उनले नदीको बहाब बढेर खतराको सूचांक पार गरेकोले सजग रहन सबैलाई आग्रह गरेका छन् ।
नदीको बहाब बढे सँगै पुर्वी चितवन डुबानको जोखिममा परेको छ । बिहानै देखीको अबिरल बर्षाको कारण देश बिभिन्न स्थानमा डुबानको खतरा बढेको छ ।
तपाइँको प्रतिक्रिया