नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन, असार २७ – चितवन नारायणगढको सहिदको चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नारायणी मोटार्स, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, एभरेष्ट बचत तथा ॠण सहकारी संस्था तथा ग्रेस इन्टरनेशनलको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नारायणी मोटार्स नारायणगढमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रम ८२ जनाले रक्तदान गरेको एभरेष्ट बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए । ८२ जना मध्य ६२ पुरुष र २० जना महिलाले रक्तदान गरेका थिए । जिल्लामा रगत अभाव नहोस् भन्नका लागि ३-३ महिनाको फरकमा रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।
तपाइँको प्रतिक्रिया