पानीले डुबायो कांग्रेस महामन्त्री कोइरालाको गाडी

काठमाडौं, असार २७ – अबिरल बर्षा पछी देशभरको अवस्था जलमग्न भएको छ । बर्षाको कारण देशका बिभिन्न क्षेत्र डुबानमा परेको छ । यसै बिच नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि जमेको पानीमा कोइराला चढेको गाडी फसेको हो।
शुक्रबार त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाने क्रममा उनको गाडी पानीमा फसेको हो । गाडी पानीमा फसेपछी उनले नजिकैको चिया पसलमा केहीबेर बिताएका थिए।
तपाइँको प्रतिक्रिया