अभिनेत्री रेखाले निर्माण गर्ने चलचित्रको निर्देशन रेनाशाले गर्ने

चितवन, असार २७ – रेखा फिल्म्सको ब्यानरमा निर्माण हुने नयाँ चलचित्रको निर्देशन रेनाशा वान्तवा राईले गर्ने भएकी छिन् । रेखाले आफ्नो छैटौं फिल्मको लागि रेनाशालाई निर्देशकामा अनुबन्ध गरेकी हुन् ।
आफ्नो जन्म दिनको अवसरमा रेनाशा रेखाको फिल्ममा अनुबन्धित भएकी हुन् । कोरियोग्राफीमा अब्बल रेनाशाले गत बर्ष निर्देशनमा डेब्यु गरेकी थिईन् । उनी द्वारा निर्देशित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले राम्रो चर्चाको साथै राम्रै ब्यापार पनि गरेको थियो ।
अभिमन्यू निरबीकोको स्क्रिप्टमाथि बन्ने यस फिल्मको छायाँकनमा मङ्सिरबाट शुरु हुने बताईएको छ । मल्टिस्टारर भनिएको यस फिल्मको बारेमा अन्य केही पनि खुलाईएको छैन । केही दिन यस बारे अधिकारिक रुपमै जनाकारी गराईने अभिनेत्री थापाले बताईन् । हाल स्क्रिप्टमाथि काम भइरहेको छ ।
तपाइँको प्रतिक्रिया