चितवनमा आधाभन्दा बढी जमीन बांँझै

सूर्यप्रसाद अधिकारी, असार २७, असार महिना बितिसक्न लाग्दापनि चितवन जिल्लामा खेतीयोग्य जमीनमध्ये आधा क्षेत्रफलमा पनि धान रोपाई हुन सकेको छैन । मनसुन ढिलो सक्रिय भएका कारण र पर्याप्त सिंँचाइ अभावका कारण अपेक्षाकृत रुपमा रोपाई नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । ज्ञान केन्द्रका अनुसार चितवनमा हालसम्म जम्मा ४७ प्रतिशत रोपाई भएको छ ।
केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा जम्मा धान रोपाई २८ हजार ६०० हेक्टर मध्ये आज सम्म करिब १३ हजार ३सय ७० हेक्टरमा मात्र रोपाइँ भएको जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी खैरहनी नगरपालिकामा ९० प्रतिशत र सबै भन्दा कम भरतपुर महानगरपालिामा भएको छ। जस अनुसार चितवनमा रहेका सात स्थानीय तहमध्ये खैरहनी नगरपालिकामा ३हजार ३सय हेक्टर( ९५ प्रतिशत) राप्ती नगरपालिका ४ हजार हेक्टर( ९० प्रतिशत) रत्ननगर नगरपालिकामा ३००० हेक्टर( ७५ प्रतिशत) कालिकामा १हजार ५सय हेक्टर( ४५ प्रतिशत) रोपाई भएको छ । यसैगरी माडी नगरपालिकामा २ हजार ५ सय हेक्टर( ३५ प्रतिशत) र इच्छाकामना गाउंँपालिकाको ४०० हेक्टर मध्ये १५ प्रतिशत मात्र रोपाई भएको छ । ती मध्ये ४० प्रतिशत भन्दा बढी खेतीयोग्य जमीन भएको भरतपुर महानगरपालिकामा १३ हजार ६०० हेक्टर जमीनमा १५ प्रतिशत मात्र रोपाई भएको छ ।
कार्यालयका कृषि विज्ञ रामराजा पौडेलले बर्षा ढिलै भएपनि अधिकांश किसानले यसबर्ष बोरीङ्गको माध्यमबाट सिचाई गरेको ले अघिल्लो बर्षको तुलनामा यो समयमा धान रोपाई प्रतिशत बढेको बताउँछन । उनका अनुसार अघिल्लो बर्ष यो समयमा ४१ प्रतिशत रोपाई भएको थियो ।
कार्यालयका प्रमुख सुधिर श्रेष्ठका अनुसार जिल्लामा अझैपनि अधिकांश किसान आकाशे र नहरको पानीमा भरपर्नु पर्ने हुंँदा समयमै रोपाई हुन नसकेको हो । यो बर्ष किसानलाई डिपबोरीङ्गमा अनुदान सुविधा दिइएकोले पनि रोपाई प्रतिशत बढेको उनले बताए । बिशेषगरी पश्चिम चितवनका अधिकांश किसानले बीउ र रोपाई समेत ढिला गर्ने हुनाले रोपाई प्रतिशत अपेक्षाकृत रुपमा बढ्न नसकेको उहांँको भनाई छ । उहांँका अनुसार साउनको तेस्रो सातासम्म जिल्लाका सबै ठाउंँमा रोपाई भईसक्ने उनले जानकारी दिए ।
बीउलाई समयमै नरोप्दा छिप्पिदै जाने र ढिला लगाउंँदा उत्पादकत्व समेत घट्ने बाली बिकास अधिकृत पौडेल बताउंँछन ।
‘ढिला रोपाइँ गर्दा सूर्यको प्रकाशमा कमी र बीउ पनि बुढो हुन्छ , जसले गर्दा उत्पादकत्वमा ह्रास आउंँछ , उहांँले भन्नुभयो । कार्यालयका अनुसार चितवनमा ५ हजार हेक्टर जमीनमा चैते धान रोपिने गरिन्छ । र बर्षे धानको तुलनामा कृषकले उन्नत जातको बीउ प्रयोग गर्ने गरेका कारण चैते धानको उत्पादकत्व बढी हुने गर्छ । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ भने बर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलब ५२ रहेको छ । अघिल्लो वर्ष जिल्लामा १ लाख ६ सय ७२ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।
तपाइँको प्रतिक्रिया