घुम्न जान्छु भनि निस्किएका सौगात अधिकारी दश दिन देखि बेपत्ता

कावासोती,२६ असार। नवलपुरको मध्यविन्दु नगरपालिका २ कोल्हुवा निवासी सौगात अधिकारी १० दिनदेखि वेपत्ता भएका छन् । दश दिन अघि घरबाट हेटौडा घुम्न जान्छु भनि निस्किएका अधिकारी सोही दिन साँझ ५ बजेबाट सम्पर्क विहिन रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
उनि असार १७ गते साँझ पाँच बजेबाट सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनका बुवा विष्णु अधिकारीका अनुसार सम्पूर्ण आफन्त इष्टमित्र उनी जानसक्ने स्थान सबै खोजी सकेको तर फेला पार्न नसकेपछि खोजीका लागि सबैलाई अपिल गरिएको हो ।
उनि साथीहरुसँग घुम्न जान्छु भनेका २८ बर्षीय अधिकारी साउन ५ बजे हेटौंडा छु भनेर घर जानकारी गराएपछि त्यस पछि कुनै सम्पर्क नभएको बताईएको छ । उनले प्रयोग गरेको मोबाइल अफ रहेको र फेसबुक अनलाइनमा पनि नदेखाएको बुवा विष्णु अधिकारीले बताए ।
कावासोतीमा कन्सल्टेन्सी खोल्नका लागि तयारी समेत पुरा गरेको एकाएक उनि वेपत्ता भएपछि उनको परिवार थप चिन्तित बनेको छ ।
अधिकारिका बुबा बिष्णु अधिकारिले १० दिन भैसक्दा पनि आफ्नो छोरो नभेटिँदा मन चिसो पसेको भन्दै सौगात को बारेमा खबर पाउने जो कोहि लाई खबर गरिदिन आग्रह गरेका छन् । उनले मोबाईल नम्बर ९८४७२५३७७६ , ९८६७८५६१४२,९८०१०८६४२६,९८१८५५६५६३ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन सबै सङ आग्रह गरेका छन् । बुटवलअलाइनबाट
तपाइँको प्रतिक्रिया