रियल मड्रिडमा ईतिहास बनाउन ज्यान दिएर खेल्छु – मिलिटाओ

असार २५ – हालै मात्र पोर्चुगिज क्लब पोर्टोबाट स्पेनिस क्लब रियल मड्रिड गएका युवा डिफेन्डर इडर मिलिटाओले रियल मड्रिडमा ईतिहास बनाउनका लागि ज्यान दिएर खेल्ने बताएका छन् । बुधवार रियलको मैदान सान्टिआयो बेर्नाबेउमा क्लब उनलाई सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
गत महिनानै पोर्टोबाट रियल पुगेका ब्राजिलियन युवा डिन्फेन्डर मिलिटाओलाई कोपा अमेरिकाको कारण क्लबले सार्वजनिक गरेको थिएन । उक्त सार्वजनिक कार्यक्रममा बोल्दै उनले रियल जस्तो विश्वको उत्कृष्ट क्लबबाट खेल्न पाउदा निकै खुशी लागेको बताएका छन् । उनले आफ्नो परिवारको कारण नै रियलबाट खेल्ने अवसर पाएको बताएका छन् । ‘यो सबै मेरो परिवारको सहयोग को कारण हो कि म रियलबाट खेल्न पाउदैछु उनले भने मलाई विश्वास गर्नुभएकोमा रियलका अध्यक्षलाई धन्यबाद दिन चाहन्छु ।’
उनले रियलका समर्थकहरुलाई उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त हुन आग्रह पनि गरेका छन् । ‘म रियलका समर्थकहरुलाई ढुक्क हुन अनुरोध गर्छु कि म यहाँ ईतिहास बनाउनका लागि जिउ ज्यान दिएर खेल्नेछु – उनले भने ।’ रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मिलिटाओ जस्तो प्रतिभाशाली खेलाडीलाई क्लबमा भित्र्याउन पाउदा खुशी लागेको बताएका छन् । एजेन्सी
तपाइँको प्रतिक्रिया