लिडरसिप कर्नरको आयोजनमा नेतृत्व विकास सम्बन्धी उत्प्रेरणा कार्यक्रम

असार २४, भरतपुर । लिडरसिप कर्नरको आयोजनामा युवा बर्गलाई लक्षितगरी यही असार २७ गते नेतृत्व बिकास सम्बन्धि एकदिने उत्प्रेरणा कार्यक्रम हुने भएको छ । बिशेषगरी युवाहरुका लागि नेतृत्व बिकास,ब्यक्तित्व बिकास,निर्णायात्मक क्षमता लगायतका बिषयमा अभिमुखीकरण गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । आज कर्नरले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
कार्यक्रममा विकसित मुलुकका विकास, प्रगती , परिवर्तनको बारेमा जानकारी दिदै नेपालमा उनीहरुको विकासलाई कसरी अनुसरण गर्न सकिन्छ भन्ने बिषयमा उत्प्रेरणा दिने आयोजकको भनाई छ।
उक्त कार्यक्रममा दशजोड दुई देखी स्नातकोत्तरसम्म अध्ययनरत बिद्यार्थी तथा अविभावकहरु समेत सहभागी हुन सक्नेछन् । सो कार्यक्रममा निशुल्क प्रवेश पासको ब्यवस्था गरिएको कार्यक्रमका संयोजक प्रशान्त बिक्रम सापकोटाले जानकारी दिनुभयो ।
े
बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म भरतपुर ११ जागृतीचोकमा रहेको धावन रिक्रियसन सेन्टरको सभाहलमा सञ्चालन हुनेछ । कार्यक्रम सम्पन्न गर्नकालागि २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा उत्पे्ररक अब्दुस मिया,मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल,सिभिल सोसाईटी लिडर निगम हुमागाईं, डा.सूर्यराज आचार्य, सिए बिशाल भट्टराई लगायतले नेतृत्व बिकासका बारेमा अभिमुखीकरण गराउने सापकोटाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा कर्नरका सल्लाहकार रामचन्द्र तिमिल्सिना,भुपेन्द्र बस्नेत, प्रबिन काफ्ले,मन्दिप कँडेल,ईच्छा सिंखडा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम लिडरसिप कर्नरका चितवन संयोजक प्रशान्त बिक्रम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया