मेयर दाहालको पहलमा अब चितवनमै इञ्जिनियरिङ्गको आगिंक क्याम्पस संचालन हुने

चितवन,असार २४ – चितवनमा इञ्जिनियरिङ्गको आगिंक क्याम्पस संचालन हुने भएको छ । भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहालको पहलमा आगिंक क्याम्पस संचालन हुने भएको हो ।शैक्षिक बर्ष २०७६-७७ का लागि स्नातक (बि.इ.सिभिल र कम्युटर) बिधार्थी भर्नाका लागि रामपुरमा रहेको प्रस्तावित चितवन इञ्जिनियरिङ्ग क्याम्पसलाइ सम्बन्धन प्राप्त भए सँगै आगिंक क्याम्पस संचालन हुने पक्का भएको हो ।
रामपुरमा अबस्थित ४० बिगाहा जमिनमा संचालनमा आउने आगिंक क्याम्पसमा आगामी दिनमा १६ वटै इञ्जिनियरिङ्गका फ्याक्लेटीहरु, पुर्ण रुपमा आवसिय रुपमा संचालन गर्ने गरी आवश्यकीय पुर्वाधार निर्णाणको लागी पहल भैरहेको बताईएको छ ।
यस शैक्षिक सत्रमा क्याम्पसमा सिभिल इञ्जिनियरिङ्ग, इलेट्रिकल इञ्जिनियरिङ्ग लगायतका बिषय पढाइ हुनेछन् । अनलाईन फारम भर्न साउन १५ गते सम्मको समयसीमा तोकिएको छ । मेयर दहालको आग्रहमा त्रिभुवन बिश्वबिधालय मार्फत बिश्वबिधालय अनुदान आयोगले आगिंक क्याम्पस स्थापनामा लाग्ने ब्यभार ग्रहण गर्ने गरी अर्थ मन्त्रालयबाट स्विकृति भएको हो । दक्षिण एसियाकै नमुना शैक्षिक संरचनाका रुपमा यसलाई बढाउने योजना रहेको मेयर दाहालको भनाई छ ।
तपाइँको प्रतिक्रिया