विश्वप्रकाश माविमा एक दिने निःशुल्क दन्त शिविर

चितवन, असार २४ – भरतपुर महानगरपालिका–१५ मंगलपुरमा रहेको विश्वप्रकाश उच्च माविमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।बिद्यालयकी पूर्वविद्यार्थी एवम मिसेस चितवन २०१९ की प्रथम रनर अप प्रभा अधिकारी र किङ्स डेण्टल केयर सेन्ट्ररको संयुक्त आयोजनामा विधालयमा आज निःशुल्क दन्त शिविर भएको हो ।
शिविरमा बिद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुले दन्त परीक्षण गराएका थिए । १७ जनाको दन्त चित्किसकको टोलीले उनीहरुको दाँतको परीक्षण गरेका थिए । यस्तै उक्त शिविरकै अवसरमा निःशुल्क ब्रस र टुथपेष्ट पनि वितरण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया