संस्कृति र प्रकृति संरक्षणको लागि महाआरती

चितवन, असार २४ – गत बैशाख महिनादेखि नारायणी नदी किनारमा सञ्चालन हुदै आएको महाआरतीलाई विस्तार गरी पांँचवटा महाआरती गरिने भएको छ । हिन्दुधर्म, संस्कृति, प्रकृतिको संरक्षण गर्ने उद्धेश्यले उंँ कार ध्वज पुजन तथा ३ वटा महाआरतीबाट विस्तार गरी ५ वटा महाआरतीको शुरु गर्न लागिएको हो ।
श्री गण्डकी–नारायणी सरक्षण महाआरती परिषदको आयोजनामा हुन गइरहेको महाआरतीको को उद्धघाटन १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराज ज्यू ले उद्धघाटन गर्नुहुने कार्यक्रम रहेको छ । आज नदी किनार परिषरमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै परिषलका अध्यक्ष प्रेमनिधि भारद्धाजले हिन्दुधर्म,सस्कृति र यस नारायणी नदीको सरक्षणको लागि महाआरती शुरु गरिएको बताए । दैनिक सांँझ सञ्चालन हुदै आएको महाआरतीलाई थप परिस्कृत र विस्तार गरी पाँच वटा महाआरती गर्ने तयारी गरिएको उनले बताए ।
असार २७ गते पर्न गएको ठुली एकादशीको अवसर पारेर दैनिक नेपालको राष्ट्रिय झण्डा ,वैदिक सनातन हिन्दु धर्मको उंँ कार अकित ध्वजसहित महाआरती शुरु गरिने छ । परिषदका सल्लाहाकार उमाशंकर अग्रवालले यस महाआरतीले नदीकिनारलाई प्रदुषणबाट समेत जोगाउन सहयोग पुगेको भन्दै यस कार्यले समाजमा सकारात्मक सोचको समेत विकास हुने बताए ।
भारतजस्ता मुलुकमा समेत नदी किनारलाई धार्मिक आस्थाको केन्द्रबिन्दु मान्दै आरती गरिने परम्परा रहेकोले नारायणी नदीमा पनि यस महाआरतीलाई निरन्तरता दिइन लागेको बताए । परिषदका अनुसार सरस्वती महाराजको प्रमुख आतिथ्यमा असार २७ गते दिउसो ३ बजे धार्मिक साँस्कृतिक कार्यक्रम सभा सम्बोधन कार्यक्रम ४ः३० बजे र सांँझ ६ बजे महादीप ( लाख बत्ती) प्रज्वलन गरिने छ ।
तपाइँको प्रतिक्रिया